कोही बाहिरिँदैमा एमालेलाई समाप्त पार्ने योजना सफल हुनेछैन



ईश्वर पोखरेल ।
हाम्रो गौरवशाली पार्टी – नेकपा ( एमाले) को आन्तरिक जीवनमा मात्र नभई नेपालको कम्युनिस्ट आन्दोलन तथा मुलुकको लोकतान्त्रिक राजनीतिक आन्दोलनमा आज केही व्यक्तिहरूबाट कालो धब्वा लगाउने घृणित र निन्दनीय काम भएको छ । दुःखका साथ भन्नुपर्दैछ – यो काम पार्टीमा लामो समय पार्टी प्रमुख भएर बस्नुभएका नेता माधव नेपालको अगुवाइमा भएको छ !! पार्टीलाई एकतावद्ध बनाएर अगाडि बढाउन यसबीच पार्टी अध्यक्ष लगायत विभिन्न साथीहरूले गर्नुभएको अनगिन्ती प्रयासका बाबजुद आज एमालेको एकतावद्ध अवस्थामा प्रश्न उठाउने अपराधपूर्ण काम भएको छ।

यसबीच पार्टीभित्रको एकतालाई कायम राख्न पटक पटक अपील गरिएको छ । माधव नेपाल लगायत केही साथीहरू सँग यसबीच म आफैंले पनि पटक पटक कुराकानी गरेको छु – छलफल गरेकोछु । तर ती सबै निरर्थक बने ! नेकपा (एमाले) का नेता, कार्यकर्ता, शुभेच्छुकहरूको चाहना अनुसार पार्टीलाई एकढिक्का बनाउन यस बीचमा बनाइएका समझदारी र प्रस्तुत गरिएको लचकतालाई समेत कुल्चेर अदृश्य शक्तिहरूको कुत्सित चाहना पुरा गर्ने काम गरिएको छ ।

नेकपा (एमाले) मुलुकमा आर्थिक विकास र समृद्धि, राष्ट्रिय स्वाभिमान र स्वतन्त्रता , समाजमा अराकताको अन्त्य आदि उद्देश्य बोकेर अघि बढिरहेको पार्टी हो । भित्री बाहिरी सबै किसिमका प्रतिकूलताहरूसित जुद्धै यसले आफूलाई यिनै उद्देश्यमा अगाडि बढाउँदै आएको छ । यो नेपाली जनताबाट पटक पटक अनुमोदित भएको राजनीतिक पार्टी हो । त्यसैले यो गतिशील पार्टीबाट कोही बाहिरिँदैमा एमालेलाई समाप्त पार्ने योजना सफल हुनेछैन । फुटको विगत हामी सबैले देखेका– भोगेका हुनाले केही मानिसहरू कुण्ठा तथा बदलाको भावना बोकेर बाहिरिदैमा धैर्यता नगुमाउन देश तथा प्रवासमा रहेका नेकपा (एमाले) का सम्पूर्ण नेता , कार्यकर्ता र शुभेच्छुकहरूलाई हार्दिक अपिल गर्दछु । नेकपा (एमाले) पार्टी तथा आन्दोलनलाई अगाडि बढाउन संकल्पवद्ध छ , दृढताका साथ अघि बढिरहनेछ !!

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
संविधान संशोधन हुँदै गर्दा निर्वाचन प्रणाली, संघीयता, प्रदेशका अधिकारका हेरफेर गर्ने विषयमा व्यापक छलफल हुनुपर्छः महामन्त्री थापा

बाँके । नेपाली काँग्रेसका महामन्त्री गगन थापाले वर्तमान सरकार संविधान कार्यान्वयनमा केन्द्रित रहेको

मुलुकलाई अध्यादेशको भरमा चलाउन खोजियोः अध्यक्ष लिङ्देन

बुटवल । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले वर्तमान राजनीतिक व्यवस्थाले देशलाई असफलतातर्फ

महाधिवेशनपूर्व गर्नुपर्ने सदस्यता नवीकरण, नयाँ क्रियाशील सदस्यता वितरणका काममा ढिलाइ भएकोमा शेखरको आपत्ति

भैरहवा (रुपन्देही) । कांग्रेस नेता शेखर कोइरालाले विधानले तोकेको समयभित्रै पार्टीको महाधिवेशन हुनुपर्ने

रिङ्कु सदाको मृत्यु घटनाको अनुसन्धान प्रक्रियाबारे प्रचण्डको चासो

सिरहा । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सिरहाका प्रमुख जिल्ला अधिकारी