ओली नसच्चिए जुनसुकै निर्णय लिन बाध्य हुन्छौंः विरोध खतिवडा



काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल पक्षले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई आफूले गरेको एकलौटी निर्णय तत्काल फिर्ता लिन दवाव दिएको छ ।

मंगलबार नयाँ बानेश्वरस्थित अर्याल होटलमा बसेको नेपाल पक्षका नेताहरुको बैठकले अध्यक्ष ओलीले पछिल्लो समय गरेका निर्णयहरु तत्काल फिर्ता नलिए आफूहरु जुनसुकै निर्णय लिन बाध्य हुने चेतावनी दिएको हो ।

बैठकपछि पत्रकारहरुसँग कुरा गर्दै नेता विरोध खतिवडाले एकलौटी गरेका निर्णय फिर्ता लिन पार्टी अध्यक्ष ओलीलाई आग्रह गरे । उनले भने, ‘ पछिल्लो राजनीकि अवस्था, अध्यादेश, पार्टी अध्यक्ष ओलीले २६० जना सदस्यीय केन्द्रीय समिति निर्वाचन आयोगमा पठाएर जालझेल गरेको लगायतका विषयमा छलफल गर्यौं ।’

उनले पार्टी अध्यक्ष ओलीले जालझेल गरेर गरेका निर्णयहरु फिर्ता नलिए आवश्यकताले अघि बढने चेतावनी दिए । अन्तिम समयसम्म पार्टी एकताका लािग प्रयत्न गर्ने तर त्यसलाई कमजोरी रुपमा लिइए जुनसुकै कदम चाल्न बाध्य हुने चेतावनी दिए । उनले पार्टी अध्यक्षलाई सच्चिन एकदिनको समय बाँकी रहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
सदन खोल्ने विषयमा सत्तापक्षसँग कुनै लेनदेन भएको छैनः उपमहासचिव पुन

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का उपमहासचिव वर्षमान पुनले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)

करोडभन्दा कमका आयोजना नराख्ने भनिए पनि बजेटमा एक हजारका आयोजना किन राखियो ?

काठमाडौँ । नेकपा एमालेका सांसद भीमप्रसाद आचार्यले राजस्व चुहावटलाई नियन्त्रण गर्नसक्ने हो भने

बजेटमा प्रस्तावित स्रोत सुनिश्चितताको लक्ष्यमा पुग्न कठिन छः पूर्वअर्थमन्त्री महत

  काठमाडौँ । नेपाली कांग्रेसका सांसद एवं पूर्वअर्थमन्त्री डा प्रकाशशरण महतले बजेटमा आर्थिक

लोकतान्त्रिक गणतान्त्रिक शासन प्रणालीमा जनताका चाहनालाई सम्बोधन गर्नुपर्छः राष्ट्रपति पौडेल

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले सहज, सरल र प्रभावकारी तवरले सेवाप्रवाह गरेर कर्मचारीतन्त्रले