दल विभाजन गर्ने अध्यादेश ल्याउन लागेको भन्दै ओलीले बोलाए स्थायी कमिटी र संसदीय दलको बैठक



काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्थायी कमिटी र संसदीय दलको बैठक बोलाएका छन् । अध्यक्ष ओलीले आज बिहान ११ बजे स्थायी कमिटी बैठक बोलाएका छन् भने त्यसलगत्तै संसदीय दलको बैठक बोलाएका छन् । संसदीय दलको बैठक दिउसो २ बजे संसद् भवन नयाँ बानेश्वरमा बोलाएको एमाले संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले जानकारी दिए ।

दुवै बैठक पछिल्लो विकसित राजनीतिक घटनाकाबारेमा छलफल गर्न बोलाएको बोलाइएको उनले बताए । सरकारले सङ्घीय संसद्का दुवै अधिवेशन अन्त्य गरेपछि एमाले अध्यक्ष ओलीले हिजो राति नै आफ्नो निवास बालकोटमा केही स्थायी समिति सदस्य र केन्द्रीय सदस्यहरूसँग छलफल गरेका थिए ।

नेताहरुसँगको छलफलपछि राति नै अध्यक्ष ओलीले   वक्तव्य जारी गरी राजनीतिक दल विभाजन गर्ने उद्देश्यले अध्यादेश ल्याउन खोजिएको भन्दै त्यसको विरोध गर्न अपील गरेका थिए । उनले पार्टी विभाजनकाविरुद्ध उभिन सांसद तथा नेता कार्यकर्तालाई आग्रह गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
कानुनविपरीत व्यक्तिगत सुरक्षामा खटाइएका सुरक्षाकर्मी फिर्ता बोलाउन गृहमन्त्रीको निर्देशन

काठमाडौँ ।   गृह मन्त्रालयले नियमानुसार बाहेक व्यक्तिगत सुरक्षामा खटाइएका सुरक्षाकर्मीहरूलाई २४ घण्टाभित्र फिर्ता

बागमती प्रदेशसभाको हिउँदे अधिवेशनको ५७ दिनमा ६ बैठक

  मनहरी ।  बागमती प्रदेशसभाको हिउँदे अधिवेशन ५७ दिन चलेकामा ६  वटा मात्रै

टोपबहादुर रायमाझीलाई थुनामुक्त गर्न सर्वोच्चद्वारा अस्वीकार

काठमाडौं । सर्वोच्च अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणमा थुनामा रहेका निलम्बित सांसद टोपबहादुर

पूर्वमन्त्री आलमसहित चार जनालाई जन्मकैदको फैसला

काठमाडौं । कांग्रेस नेता तथा पूर्वमन्त्री मोहमद आफताब आलम र उनका भाई मोहमद