अफगानिस्तानबाट हामीले सिक्ने कि !



डा. युवराज संग्रौला ।

अमेरिकी आगमन र बहिरगमन र तालिबानको कब्जाले नेपालीलाई राम्रोसँग ज्ञान दिनुपर्ने हो, तर आफ्नै डम्फू बजाउने, मौका परे मध्यरातमा बाँसुरी बजाउने नेपाली केही कुरा बुझ्नु अनिवार्य छ ।

१. जब जनता सचेत, वैज्ञानिक चेत र उत्पादनमा सरिक भएको बलियो जनता हुन्छ, तब मात्र राजनीतिमा स्थायीत्व र लोकतन्त्र बलियो हुन्छ। हाम्रो राजनीतिले देशमा रास्ट्रिय श्रोतमा आधारित राष्ट्रिय आय निर्माण गरेन, जनता विदेश पठायो, उत्पादन मास्यो । गरीब जनता निरपेक्ष सत्ताको राजनीतिले राजा, कांग्रेस, कम्युनिस्ट कसैलाई बलियो बनाउँदैन।

२. अफगानिस्तानमा युद्ध होइन निर्माण आवश्यक थियो। कार्जाइ र घानीको आवश्यक थिएन, अफगानिस्तानको आर्थिक समृद्धि आवश्यक थियो । उतिबेला सोभियत युनियन, पछि अमेरिकाले अफगानिस्तानलाई प्रयोग गरे र विभाजित गरे। परिणाम आज हाम्रो अगाडि छ। विदेशीका स्वार्थ भरिएका सहयोग वा मद्दतले आफैं डुबिन्छ।

३. युरोपेली उपनिवसी बेलायत र फ्रान्सले हिटलर जन्माए । सोभियत युनियन र अमेरिकाले तालिबान, बिन लादेन जन्माए, अमेरिकाले कारजाइ भेट्यो, तालिबानले उसलाई खेदे । भियतनामका जनताले अमेरिका धपाए, देश आज धनी छ । हाम्रो यात्रा हिटलर तिर जानसक्छ, तर नेपाललाई शक्तिशाली बनाउने होइन लुट्ने हिटलर, ज्याउल हक जस्तो। त्यसैले, सबै सकिनु अघि र कसैले दास घोषणा गर्नुअघि मति सप्रिनु आवश्यक छ।

४. डिग्री घाँटीमा झुन्ड्याएका थुप्रैले आफ्ना बोसको राग अलाप्नु अघि आफना बोसहरुलाई धोइपखाली सफा, स्वस्थ पार्नु राम्रो होला । लथालिङ्ग भएको देशमा कि नेल्सन मण्डला जन्मिन्छ कि मर्कोस । मार्कोसहरु धेरै र मण्डलाहरु थोरै जन्मिने गरेको देखिन्छ।
मानिसहरु ‘एउटा मानिस खोज्दछन्’ म ‘राम्रो विचार, राम्रो बाटो र राम्रो भविष्य’ खोज्दछु। म अफगानिस्तानबाट सिक्न चाहन्छु।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
संविधान संशोधन हुँदै गर्दा निर्वाचन प्रणाली, संघीयता, प्रदेशका अधिकारका हेरफेर गर्ने विषयमा व्यापक छलफल हुनुपर्छः महामन्त्री थापा

बाँके । नेपाली काँग्रेसका महामन्त्री गगन थापाले वर्तमान सरकार संविधान कार्यान्वयनमा केन्द्रित रहेको

मुलुकलाई अध्यादेशको भरमा चलाउन खोजियोः अध्यक्ष लिङ्देन

बुटवल । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले वर्तमान राजनीतिक व्यवस्थाले देशलाई असफलतातर्फ

रिङ्कु सदाको मृत्यु घटनाको अनुसन्धान प्रक्रियाबारे प्रचण्डको चासो

सिरहा । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सिरहाका प्रमुख जिल्ला अधिकारी

धनुषामा एक महिलाको घरभित्रै गाडिएको अवस्थामा शव फेला, श्रीमान फरार

जनकपुरधाम । एक सातादेखि बेपत्ता भएकी धनुषाको लक्ष्मीनिया गाउँपालिका, बनिनियाकी २० वर्षीया अञ्जली