माओवादीको केन्द्रीय समितिको पूर्ण बैठक सुरू
काठमाडौं । नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक सुरू भएको छ । काठमाडौंमा दुई दिनसम्म चल्ने केन्द्रीय समिति बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजनीतिक प्रतिवेदन एवं सांगठनिक प्रतिवेदन पेश गर्नेछन् ।
त्यसैगरी बैठकमा मुलुकको पछिल्लो राजनीतिक अवस्था एवं पार्टी संगठनको अवस्थाकाबारेमा छलफल हुने गरी प्रस्ताव तय भएको माओवादी केन्द्रले जनाएको छ ।
यसअघि शुक्रबार बसेको स्थायी समितिको बैठकले वर्तमान गठबन्धन सरकारलाई सफल बनाउन आफ्नोतर्फबाट अधिकतम प्रयास गर्ने निर्णय गरेको थियो । बैठकमा अध्यक्ष प्रचण्डले सरकारलाई सफल बनाउने गरी परिचालित हुन पार्टीका नेता तथा कार्यकर्तालाई निर्देशन दिएका थिए ।