बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसी नेतृत्वको सरकारमा सहभागी भएपछि सूर्य चुनाव चिह्नबाट निर्वाचित प्रदेश सभा सदस्य अजय शाहीलाई नेकपा एमालेले स्पष्टीकरण सोधेको छ ।
हृदयेश त्रिपाठी नेतृत्वको स्वतन्त्र राजनीतिक समूहमा रहेका शाही चार दलीय गठबन्धनमा सामेल हुँदै बिहीबार विनाविभागीय मन्त्री नियुक्त भएका थिए । उनले एमालेको साथ छाडेपछि एमाले संसदीय दलले तीन दिनभित्र आफैं उपस्थित भई स्पष्टीकरण दिन भनेको छ ।
संसदीय दलका प्रमुख सचेतक भूमिश्वर ढकालले सोधेको स्पष्टीकरण पत्रमा शाहीले असार ३० गते बजेट पारित गर्ने दिन प्रदेश सभामा अनुपस्थित भई पार्टीको ह्वीप उल्लंघन गरेको र साउन २७ गते प्रदेश सभा बैठक बहिस्कार गर्ने पार्टी निर्णय विपरीत बैठकमा उपस्थित भएको उल्लेख छ । तीन दिन भित्र चित्तबुझ्दो जवाफ नआए कारबाही प्रकृया अघि बढाइने पत्रमा उल्लेख छ ।


प्रतिक्रिया