कुलमानको जस्तै सबै नियुक्तिहरू दलदासबाट माथि उठेर विज्ञहरूको तहसम्म पुग्नुपर्छ



नारायण गाउँले ।

सोच्नुस् त, भारत या मालद्वीपका केन्द्रीय ब्याङ्कका भर्खरै रिटायर्ड गभर्नरलाई नेपाल राष्ट्र ब्याङ्कको गभर्नर नियुक्त गर्ने निर्णय भयो भने हाम्रो प्रतिक्रिया कस्तो होला ?

अथवा बङ्गलादेश या श्रीलङ्काका अन्तर्राष्ट्रिय ख्यातिप्राप्त अर्थशास्त्रीलाई राष्ट्रिय योजना आयोगको उपाध्यक्ष बनाइयो भने के होला ?  पक्कै पनि हामी शब्दकोश रित्याउने गरी गाली र विरोधका शब्दसहित सड़कमा उत्रिनेछौं ।

तर, हामीले विकसित भनेका देशमा यस्तो प्रचलन सामान्य देखिन्छ । उदाहरणका लागि बेलायतलाई लिऊँ, पाँच वर्ष ब्याङ्क अफ क्यानडाको गभर्नर भएका ‘मार्क जोसेफ़ कार्नी’लाई सन् २०१३ मा ब्याङ्क अफ इङ्गल्याण्डको गभर्नर बनाइएको थियो र उनले झन्डै सात वर्ष सो पदमा बसेर गतसाल मात्र बिदा लिए । बेलायतको आर्थिक नीतिनिर्माण र वित्तीय व्यवस्थापनमा त्यो पदको ठूलो प्रभावमात्र होइन, हस्तक्षेपकारी भूमिका नै हुन्छ । त्यस्तो हस्तक्षेपलाई विदेशी या अङ्गीकृत नागरिकको रूपमा होइन, विज्ञको हस्तक्षेपका रूपमा लिइयो ।

बेलायती अर्थतन्त्र र आवागमनको मुटु मानिने हिथ्रो एअरपोर्टको सञ्चालन गर्ने कम्पनीमा चीन, स्पेनदेखि सिङ्गापुर सरकारसम्मको लगानी छ ।

विश्वका उत्कृष्ट विश्वविद्यालयदेखि अन्तर्राष्ट्रिय स्तरका विज्ञ र जनशक्ति भएको बेलायतले युरोपियन युनियनबाट अलग हुने निर्णय लगत्तै आवश्यक अलग सन्धिको गहन छलफल र नेगोशिएशनका लागि सरकारसित तत्काल पर्याप्त विज्ञ नभएको स्वीकार गरेको थियो । प्रायः सबै मन्त्रीहरू विश्वविद्यालयका स्नातक भए पनि तिनले विज्ञहरूको विस्थापन गर्न सक्दैनन् भन्ने देखिन्थ्यो ।

अब लागौं नेपालतर्फ । हामीकहाँ अन्तर्राष्ट्रिय स्तरको विज्ञ खोजेर राष्ट्रिय आयोजना या निगमहरूमा नियुक्ति दिने भन्ने कुरो हाललाई अलि टाढाको कुरो होला तर देशभित्रै पनि परीक्षित व्यवस्थापक, विज्ञ र प्रशासकहरूको सट्टा झण्डा बोक्नेहरूको मात्रै नियुक्ति हुनु र तत्तत् दलका समर्थकले आँखा चिम्लेर समर्थन जनाउने गर्नु दुर्भाग्यपूर्ण छ । सही मान्छे सही ठाउँमा नभई कुनै पनि क्षेत्रमा सफलता हासिल हुँदैन ।

कुलमान घिसिङ् एउटा सफल व्यवस्थापकको छवि बनाएका परीक्षित व्यक्ति हुन् । अन्य देशमा भएको भए कुनै सरकारी या ठूलो निजी कम्पनीको नियुक्तिमा उनी पहिलो रोजाइमा हुन्थे । तर हामी कहाँ गुरु प्रसाद भट्टराईहरू पहिलो रोजाइमा हुन्छन् ।  जिन्दगीभरि राजनीति मात्रै गरेको व्यक्ति मन्त्री नबनेर कुनै क्षेत्रमा सफल अनुभव सँगालेको व्यक्ति बन्यो भने अन्याय भएको अनुभव हामीलाई हुन्छ । हामी राष्ट्रियताको चर्को कुरा त गर्छौं तर हाम्रो पार्टी हाम्रा लागि राष्ट्रभन्दा माथि हुन्छ ।

हितमानले डुबाउने र कुलमानले उकास्ने मात्रै गर्छन् भन्ने कुरो होइन । तर हाम्रा नियुक्ति र व्याख्याले त्यस्तो अर्थ लाग्न गएको देखिन्छ । राम्रो गर्ने चाहना सबैको हुन्छ । केहीमा अलि बढ़ी ‘तरिका’ हुन्छ । त्यत्ति हो । र त्यस्तो तरिका भएका व्यक्तिलाई संस्था या कम्पनीमा ल्याउँदा एउटा ‘पोजिटिभ भाइव’ पैदा हुन्छ र त्यसको असर नतिजामा हुन्छ ।

एउटा विद्युत् प्राधिकरणमा कुलमान आएर मात्रै देश बन्दैन । संस्कार फेरिन्न । हाम्रा सबै नियुक्तिहरू दलदासबाट माथि उठेर विज्ञहरूको तहसम्म पुग्नुपर्छ । पुग्नेबित्तिकै कायापलट हुन्छ भन्ने पनि होइन । सुरुवात हुन्छ । हामीले त सुरु पनि गरेका छैनौं ।

हितेन्द्रलाई ससम्मान पदस्थापन गरेर कुलमानको पुनर्नियुक्ति एउटा सकारात्मक सन्देश पक्कै हो । तर यो अपवाद मात्रै हो भन्ने धेरैलाई लागेको छ ।

कुलमानजीलाई नयाँ कार्यकालको शुभकामना !

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
संविधान संशोधन हुँदै गर्दा निर्वाचन प्रणाली, संघीयता, प्रदेशका अधिकारका हेरफेर गर्ने विषयमा व्यापक छलफल हुनुपर्छः महामन्त्री थापा

बाँके । नेपाली काँग्रेसका महामन्त्री गगन थापाले वर्तमान सरकार संविधान कार्यान्वयनमा केन्द्रित रहेको

मुलुकलाई अध्यादेशको भरमा चलाउन खोजियोः अध्यक्ष लिङ्देन

बुटवल । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले वर्तमान राजनीतिक व्यवस्थाले देशलाई असफलतातर्फ

रिङ्कु सदाको मृत्यु घटनाको अनुसन्धान प्रक्रियाबारे प्रचण्डको चासो

सिरहा । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सिरहाका प्रमुख जिल्ला अधिकारी

धनुषामा एक महिलाको घरभित्रै गाडिएको अवस्थामा शव फेला, श्रीमान फरार

जनकपुरधाम । एक सातादेखि बेपत्ता भएकी धनुषाको लक्ष्मीनिया गाउँपालिका, बनिनियाकी २० वर्षीया अञ्जली