जलवायु परिवर्तनः ‘मानव जातिका लागि उच्च खतराको घण्टी’



संयुक्त राष्ट्रसङ्घले मानवीय गतिविधिले वायुमण्डल, समुद्र र जमिनमा विश्वव्यापी तापक्रम स्पष्ट रूपमा बढाइरहेको भन्दै चेतावनी दिएको छ । जलवायु परिवर्तनसम्बन्धी अन्तरसरकारी प्यानलले तयार गरेको प्रतिवेदनले प्रचण्ड गर्मी, अति वर्षा, सुक्खा र चक्रवातजस्ता परिणाम विश्वभरि नै देखिन थालेको जनाएको छ ।

विगतका क्रियाकलापले हरितगृह ग्यास उत्सर्जन शताब्दीऔँसम्म जारी रहने र त्यसले समुद्र एवं त्यसको सतहलाई असर गर्ने प्रतिवेदनमा औँल्याइएको छ । तर अझै खराब परिणाम नआओस् भन्नका लागि अवसर रहेको र त्यसका निम्ति कार्बनडाइअक्साइड, मिथेन र अन्य हरितगृह ग्यास कटौती गर्न सकिने प्रतिवेदनले सुझाएको छ ।

’उच्च खतराको घण्टी’

यो शताब्दीमा विश्वव्यापी तापमान १.५ डिग्री सेल्सियसले अथवा त्यो भन्दा बढीले वृद्धि हुने प्रतिवेदनले अनुमान गरेको छ । संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टेनियो गुटेरसले जलवायु परिवर्तनसम्बन्धी प्रतिवेदन कोड रेड अर्थात् मानव जातिका लागि उच्च खतराको घण्टी भनेका छन् ।

कोइला र अन्य जीवाश्म इन्धनले पृथ्वीलाई ध्वस्त गर्नु अगाडिको जनाउ घन्टीजस्तो सुनिनुपर्ने उनले बताए । जलवायु मामिलासम्बन्धी अमेरिकी दूत जन केरीले विश्वव्यापी तापमान १.५ सेल्सियसले बढ्नुअघि नै त्यसलाई सीमित तुल्याउन विश्व एक ठाउँमा उभिनुपर्ने आवश्यकता औँल्याए ।

जलवायु परिवर्तनसम्बन्धी राष्ट्रसङ्घको अर्को सम्मेलन आयोजना गर्न लागेका ब्रिटिश प्रधानमन्त्री बोरिस जोनसनले भविष्य सुरक्षित राख्नका लागि अर्को दशक निकै महत्वपूर्ण रहेको बताए । स्वीडेनकी अभियानकर्मी ग्रेटा टुनबेर्गले प्रतिवेदनले जारी सङ्कट पुष्टि गरेको तर त्यसविरुद्ध साहसिक निर्णयहरू लिने कुरा व्यक्तिमा निर्भर गर्ने बताएकी छन्।

प्रतिवेदनका मुख्य बुँदा
-सन् १८५० देखि १९०० को बीचमा भन्दा सन् २०११ देखि २०२० को बीचमा विश्वव्यापी जमिनको सतहको तापक्रम १.०९ सेल्सियसले बढी रह्यो
विगत पाँच वर्षमा सन् १८५० यताकै सर्वाधिक गर्मी भएको छ

-सन् १९०१ देखि १९७१ सम्मको तुलनामा समुद्रको सतह तेब्बरले बढेको छ

-विश्वव्यापी हिमनदीहरूमा हिउँ हराउनु र आर्कटिकमा हिउँ घट्नुको मुख्य कारक मानव प्रभाव रहेको देखिन्छ

-लूसहित अति गर्मीका घटना बारम्बार हुन थालेको र सन् १९५० को दशकयता झन् कडा भएको छ जबकि चिसोका घटना कम हुन हुनुका साथै कम कडा हुन थालेको छ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
ट्रम्पद्वारा प्रमुख क्षेत्रमा चिनियाँ लगानीमाथि कडा प्रतिबन्ध लगाउने आदेश

वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शुक्रबार एक आदेश पत्रमा हस्ताक्षर गर्दै प्रविधि

महाकुम्भबाट फर्किने क्रममा नेपाली तिर्थयात्री सवार गाडी दुर्घटना, चार जनाको मृत्यु, ६ घाइते

जनकपुरधाम । महाकुम्भबाट फर्किने क्रममा नेपाली तिर्थयात्री सवार गाडी दुर्घटना हुँदा चार जनाको

नेपाली विद्यार्थीलाई सुरक्षित रुपमा पठनपाठनको व्यवस्था गर्ने ओडिसाका मुख्यमन्त्रीको आश्वासन

काठमाडौं । परराष्ट्रमन्त्री डा. आरजु राणाले भारतको ओडिसास्थित केआईआईटी विश्वविद्यालयमा नेपाली विद्यार्थी प्रकृति

उडिसाबाट काँकरभिट्टा नाका हुँदै २० जना विद्यार्थी फर्किए नेपाल

झापा ।  भारतको उडिसास्थित कालिङ्गा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (किट)मा अध्ययनरत २० जना