थप २५६८ मा सङ्क्रमण, १८ को मृत्यु
काठमाडौं । पछिल्लो २४ घण्टामा १२ हजार ६३६ मा नमूना परीक्षण गर्दा देशभर दुुई हजार ५६८ मा सङ्क्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा दुई हजार २० जना सङ्क्रमणमुक्त भएका छन् । त्यस्तै १८ को मृत्यु भएसँगै कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या नौ हजार ८७५ पुगेकोे छ ।
सङ्क्रमण मुक्त हुने दर ९४.१ प्रतिशत पुगेको छ । हालसम्म कोभिड–१९ खोपको पहिलो मात्रा ४० लाख ६ हजार २८८ ले लगाएका छन् भने पूर्ण मात्रा लगाउनेको सङ्ख्या १८ लाख १३ हजार ४७१ पुगेको मन्त्रालयले जनाएको छ ।