आफू मात्रै होइन,काङ्ग्रेसलाई सखाप पर्ने भयो एमालेले !



केशवप्रसाद भट्टराई ।
१. एमाले भित्रको कायरतापूर्ण आपसी किचकिचले गएको सरकारको आधा कार्यकाल खायो ।
मुलुक बन्धक बन्यो ।
यो सरकारको समय पनि त्यसैगरी खाँदैछ ।

२. भुटानले आफ्ना सवै जनतालाई खोप लगाएर नेपाललाई खोप सहयोग गर्ने हैसियत निर्माण गर्यो, नेपालले १५ प्रतिशत जनतालाई पनि खोप लगाउन सकेको छैन ।
सबैभन्दा लोकप्रिय र सक्षम सरकार भनेर थाकेको होइन ?
नयाँ सरकार पूर्ण क्षमताको मन्त्रीपरिषद बनाउनै नभ्याउला चुनाव सम्म जस्तो !

३. आज कारवाही, भोलि  कारवाही फिर्ता,
फेरि निष्काशन अनि आम माफी !
आज अर्को पक्ष विरूद्ध कुनै सम्झौता नहुने घोषणा , भोली सम्झौता ,
अर्को दिन गद्दार र देशद्रोही घोषणा फेरी अर्को दिन सम्झौता र एकता वार्ता !
गद्दार र देशद्रोहीसँग एकता र सहमतिको लागि वार्ता र सम्झौताको प्रयास भनेको आफू पनि गद्दार र देशद्रोही हुनुहोइन , ओलीजी ?
यही हो ओलीजीको निर्णय क्षमता, दृढता ?

४. चुनावमा हार्नेले जित्ने बराबरकै हैसियत र अधिकार यही हो, नेपालजीको नीति, नियम, विधि र पद्धतिका रटान् ?
आफ्नो पार्टीको नेतृत्वको सरकार विरूद्ध संसदमा र अदालतमा उभिने अनि त्यही नेतृत्वसँग सम्झौता र एकताको नाटक ?
फरक पार्टी हाँक्ने हिक्मत नभए किन यो रडाको होला ? ओलीजी र माधवजीको !
हुती भए आफ्नो आफ्नो बाटो हिड्नु नभए छेऊ लाग्नु !
राजनीति धान्न सकिन भनेर हामी जस्तै सामाजिक सञ्जाल चलाएर बस्नु क्या !

५.एउटा चुनाव जित्न नसक्ने,
अधिवेशन पर्खिन पनि नसक्ने,
चुनाव भने पछि सात पुस्ताको सातो जाने, फेरी पद नभई, बाँच्नै नसक्ने, प्राणै हुरुक्क जाला जस्तो हुने !
अर्कासँग पद र अख्तियारी छ मसक्क निर्णय गर्न नसक्ने,
कुरा दह्रा गर्ने ,
काम गर्ने र निर्णय गर्ने बेलामा थरर काम्ने , तोला मासा जोखेर बस्ने !
यसैगरी किम् कर्तव्य विमूढ भएर बस्ने ओलीजीका खै को पो बस्ला अन्त्य सम्म ?
एउटा कुरा बुझे हुने ––जनताले यो ओलीलाई होइन, त्यो ओलीलाई हेरेका र मत दिएका हुन् क्ष्
मुखको तीतो पोखेर मात्रै सन्तुष्टि लिएर बस्नेले कसरी जित्नेहोला आगामी चुनाव ?
कहिले गर्ने संगठन ?

६. काङ्ग्रेसमा पनि मतभेद छ,
हिजो फुट्यो पनि तर कम्युनिस्टहरूको जस्तो एक अर्का विरूद्ध यस्तो जथाभावी बोलेको सुन्नुभयो ?
उसले सरकार खोजेको होइन,
पार्टी हो , सरकारमा बसेको ,
स्वाद त छ नी !
आऊ आऊ सरकार लिऊ, खाऊ, हामी सहयोग गर्छौँ भनेर एकोहोरो कचकच गरेपछि के गरोस उसले ?
बोनसको सरकारमा छ काङ्ग्रेस !
कामै नगरे पनि , चुनाव सिनित्तै हारेपनि बोनस मै सरकार पाएपछि किन जित्नु पर्यो काङ्ग्रेसले चुनाव !
१६५मा २३ जितेर पनि सरकारको नेतृत्व पाइने रहेछ !
कुनै पार्टीको बहुमत झन्डै असम्भव हो क्यारे यो प्रणालीमा ।
यस्तै आशमा बस्छ फेरि !
कम्युनिस्टले जिते पनि धान्न सक्ने होइनन्, यिनै ओली, यिनै माधव !
यही त हो नी कचिङ्गल !
बाँकी यिनैका अघि पछि !
झर्छ र खाउँला भनेर बस्ने !
७. अनि फेरि यस्तै सरकार !
खान्न –खान्न भने पनि सुनको थालमा प्रधानमन्त्री खान निम्तो लिएर आइहाल्छन् भनेर सुतेर बस्ने भो अब काङ्ग्रेस !
आफू मात्रै होइन,काङ्ग्रेसलाई सखाप पर्ने भयो एमालेले !
हुन त के बाँकी छ र सखाप हुन ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
संविधान संशोधन हुँदै गर्दा निर्वाचन प्रणाली, संघीयता, प्रदेशका अधिकारका हेरफेर गर्ने विषयमा व्यापक छलफल हुनुपर्छः महामन्त्री थापा

बाँके । नेपाली काँग्रेसका महामन्त्री गगन थापाले वर्तमान सरकार संविधान कार्यान्वयनमा केन्द्रित रहेको

मुलुकलाई अध्यादेशको भरमा चलाउन खोजियोः अध्यक्ष लिङ्देन

बुटवल । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले वर्तमान राजनीतिक व्यवस्थाले देशलाई असफलतातर्फ

रिङ्कु सदाको मृत्यु घटनाको अनुसन्धान प्रक्रियाबारे प्रचण्डको चासो

सिरहा । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सिरहाका प्रमुख जिल्ला अधिकारी

धनुषामा एक महिलाको घरभित्रै गाडिएको अवस्थामा शव फेला, श्रीमान फरार

जनकपुरधाम । एक सातादेखि बेपत्ता भएकी धनुषाको लक्ष्मीनिया गाउँपालिका, बनिनियाकी २० वर्षीया अञ्जली