असोजभित्र १ करोड ८३ लाख डोज खोप आइपुग्ने
काठमाडौँ । सरकारले चैत मसान्तसम्म सबै नेपालीलाई खोप लगाइने बताएको छ । शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विज्ञप्ति जारी गरी कोभिडविरुद्धको खोपको आयात र खोप अभियानबारेको विवरण सार्वजनिक गर्दै यस्तो बताएको हो ।
नेपाललाई आवश्यक थप खोप चीनको सिनोफार्म कम्पनीसँग ६० लाख डोज खोप खरिदको सम्झौता अगाडि बढाइसकेको मन्त्रालयले जनाएको छ । यसका साथै कोभ्याक्स सुविधाबाट जापान सरकारले अनुदानमा दिने १६ लाख र भारतबाट खरिद गरी बाँकी रहेको १० लाख डोज खोप प्राप्त हुँदा असोजभित्र १ करोड ८३ लाख ८२ हजार ८५० डोज प्राप्त हुने मन्त्रालयले जनाएको छ ।