इतिहासलाई गाली गर्नुको कुनै औचित्य छैन



डा. गोविन्दशरण उपाध्याय ।
न हामी कसैलाई गालीगलौज गर्छौं, न हामीले कसैलाई आफ्नो वर्गशत्रु ठान्छौं । विश्वभरीबाट नेपाल र नेपालीका लागि साच्चिकै भलो गर्ने विज्ञान–प्रविधि र विचारहरू स्वीकार्न खुला छौँ । नेपालीलाई नेपाली पौरखको गौरवमा उठ्न अभिप्रेरित गरिरहेका छौँ ।

यदि हामीले हरेक नेपालीले आफ्नो धर्म, संस्कृति, विज्ञानआदिमा गौरव गर्नुपर्छ भनिरहेका छौँ र आफ्नो लागि राजनैतिक भूमि पनि आफै तयार गर्नुपर्छ भनिरहेका छौँ भने यो हाम्रो मौलिक अधिकार हो । नक्कललाई सक्कल र सक्कललाई नक्कल ठान्नेहरू विरुद्ध विनम्र तर दृढ विद्रोह हो र यस्तो विद्रोह गर्न पाउनु सबै नेपालीको प्राकृतिक अधिकार हो ।

विगतका घटनाहरू इतिहास हुन् । इतिहासबाट शिक्षा प्राप्त गर्ने हो । इतिहासलाई गाली गर्नुको कुनै औचित्य छैन । वर्तमान हामीले भोगिरहेका छौँ । विकास, प्रगति तथा अग्रगमनका नारा दिएर नेपालीहरूको हुर्मत काड्नेहरु हाम्रो वास्तविकता हो । जातजातिका नाममा, भूगोलका नाममा, भाषाका नाममा कित्ता काटेर भोट काड्ने र तेसपछि जनताको दोहोलो काड्नेहरु हामीसंग आतंकित छन् भने हामी केही गर्न सक्दैनौं ।

विश्वका बलिया अर्थतन्त्रहरूको उदाहरण दिंदैमा देशको अर्थतन्त्र बलियो हुने भए नेपालको कायापलट हुनुपर्थ्यो । नेताहरू विदेश भ्रमण गर्दैमा देश सिंगापुरझैं हुने भए भैसक्थ्यो । मार्क्सवाद, समाजवाद र प्रजातन्त्रको नाम जप्दैमा देशले उन्नति गर्ने भए हामी धेरै उन्नत भैसक्थ्यों । वास्तविकता निकै फरक छ, नेताहरु विकसित भए, उनको जीवन–अर्थतन्त्र स्वीट्जरल्याण्ड बन्यो, जनता खरको छानो मुनिनै रहे । हामीसँग जादुको छडी त छैन तर आफ्नै विकास र प्रगतिको मोडल छ जसबाट नेपाल बन्छ । उन्नतिको बाटो हामीसंगै छ, यही बुझाउने हाम्रो प्रयत्न मूर्त हुँदैछ । अलिअलि गरेर मान्छेहरूको “उनीहरु“प्रतिको मोहभंग हुँदैछ ।

कुनै वखत सबै नयाँ थिए । पुराना बन्न धेरै समय लाग्यो । पुराना हुँदैमा विश्वासयोग्य हुन्छन् भन्ने तत्थ्य अप्रमाणित भैसकेको छ । उनीहरू अव “ओगटेर बस्ने र आफुलाई पोस्ने“मा रुपान्तरित भैसकेका छन् । सबैले यो तत्थ्य बुझेका छौँ तर हामीभित्रको लोभ, मोह र अविवेकले तिनैलाई समातिरहेको छ ्र यो वानी र विश्वास छोड्नुनै निर्विकल्प समस्याको दिगो समाधान हो । हो, हामी नयाँ छौं तर समाधानको मार्ग चित्रसंग छौँ ।
अगाडी बढौं देश–निर्माणको यज्ञमा मन, बचन र कर्मले सहभागी, सहयोगी बनौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
संविधान संशोधन हुँदै गर्दा निर्वाचन प्रणाली, संघीयता, प्रदेशका अधिकारका हेरफेर गर्ने विषयमा व्यापक छलफल हुनुपर्छः महामन्त्री थापा

बाँके । नेपाली काँग्रेसका महामन्त्री गगन थापाले वर्तमान सरकार संविधान कार्यान्वयनमा केन्द्रित रहेको

मुलुकलाई अध्यादेशको भरमा चलाउन खोजियोः अध्यक्ष लिङ्देन

बुटवल । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले वर्तमान राजनीतिक व्यवस्थाले देशलाई असफलतातर्फ

रिङ्कु सदाको मृत्यु घटनाको अनुसन्धान प्रक्रियाबारे प्रचण्डको चासो

सिरहा । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सिरहाका प्रमुख जिल्ला अधिकारी

धनुषामा एक महिलाको घरभित्रै गाडिएको अवस्थामा शव फेला, श्रीमान फरार

जनकपुरधाम । एक सातादेखि बेपत्ता भएकी धनुषाको लक्ष्मीनिया गाउँपालिका, बनिनियाकी २० वर्षीया अञ्जली