कोरोना संक्रमणबाट १६ जनाको मृत्यु, १३७३ जना संक्रमणमुक्त
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप २३३५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप २३३५ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै कोरोना संक्रमितको संख्या ६९०६४२ पुगेको छ ।
त्यस्तै पछिल्लो २४ घण्टामा १३७३ जना संक्रमणमुक्त भएका छन् । योसँगै कोरोना संक्रमणमुक्त हुनेको संख्या ६५०४४५ पुगेको छ । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप १६ जनाको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ९८०७ पुगेको छ । क्वारेन्टाइनमा ३७९ जना रहेका छन् भने आइसोलेसनमा ३०३९० जना सक्रिय संक्रमित रहेका मन्त्रालयले जनाएको छ ।