यदि सद्गुणका अभ्यासकर्तालाई कसैले ‘हिन्दू’ भन्छ भने गौरव ठान्छु



डा. गोविन्दशरण उपाध्याय ।

केहीले धर्म र धार्मिकतामा अल्मालिनु हुँदैन भनेर एकजना मित्रले मलाई सुझाव दिनुभएको छ । म तपाईंको कुरालाई समर्थन गर्छु तर तपाईंले आफ्नो बुद्धिबाट धर्म र धार्मिकता भनेको कुनै पन्थ (यहुदी, इसाई वा मुस्लिम)का दैनिक क्रियाकलापलाई त बुझ्नुभएको छैन ? म धार्मिक पनि हुँ र म धार्मिक जीवन यापन गर्छु ।मेरो धार्मिकताको अर्थ सद्गुण, दैवीगुण हुन् । म असल कुरा धारण गर्छु, म क्षमाशील छु, म इन्द्रीयहरुका मेरो नियन्त्रणमा राख्छु, पवित्रता, अस्तेय, धी, विद्या सत्यआदिको अभ्यास गर्छु ।

हामी सबैले बुझेका छौँ कि मैले जीवनका लागि स्वीकार गरेका सद्गुणहरू जसलाई सनातन धर्मले “धर्म“ भनेर प्रष्टसँग परिभाषित गरेको छ, सधैं रहिरहने छन् । यी यी सद्गुणहरूको प्राप्ति र तिनको अभ्यास सधैं रहिरहने छ । मैले विश्वको जुनसुकै कुनामा गएर यी सद्गुणहरुको अभ्यास गरे पनि कसैको लागि अस्वीकार्य वा बर्जित हुने छैनन् । वेद पढ्नु राम्रो कुरा हो तर वेद पढेर तिनका सद्गुणहरु जीवनमा स्थापित गर्नु अझैं राम्रो हो ।

सद्गुणको अभ्यास गर्नाले कमसल गुणहरु विस्थापित हुन्छन् । आधुनिकताको अर्थ आफ्नो धर्म, संस्कृति, सामाजिक व्यबहार विरुद्ध गर्नु पटक्कै होइन । सद्गुणहरूको अभ्यासले असल राजनीति गर्न, ठूलाठूला अनुसन्धानका कामहरू गर्ने, आफुलाई र छिमेकीलाई माया गर्नबाट रोक्दैन । यदि मैले मेरो इतिहास र संस्कृतिको निरन्तरताका लागि त्यसको विनम्र अनुयायी बनेर सक्रिय छु भनेर यसले मेरो आत्मविश्वासलाई दृढ गरेको छ । जसजसले सद्गुणहरु छोडेका छन्, उनीहरूको जीवन वितण्डाना रुपान्तरित भएको हामीले देखेका छौँ । म इन्द्रिय विजेता नबने पनि मैले आफ्ना इन्द्रियहरूको मनमानिमा नियन्त्रण गर्न सक्छु । यदि सद्गुणका अभ्यासकर्तालाई कसैले ‘हिन्दू’ भन्छ भने गौरव ठान्छु ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
संविधान संशोधन हुँदै गर्दा निर्वाचन प्रणाली, संघीयता, प्रदेशका अधिकारका हेरफेर गर्ने विषयमा व्यापक छलफल हुनुपर्छः महामन्त्री थापा

बाँके । नेपाली काँग्रेसका महामन्त्री गगन थापाले वर्तमान सरकार संविधान कार्यान्वयनमा केन्द्रित रहेको

मुलुकलाई अध्यादेशको भरमा चलाउन खोजियोः अध्यक्ष लिङ्देन

बुटवल । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले वर्तमान राजनीतिक व्यवस्थाले देशलाई असफलतातर्फ

रिङ्कु सदाको मृत्यु घटनाको अनुसन्धान प्रक्रियाबारे प्रचण्डको चासो

सिरहा । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सिरहाका प्रमुख जिल्ला अधिकारी

धनुषामा एक महिलाको घरभित्रै गाडिएको अवस्थामा शव फेला, श्रीमान फरार

जनकपुरधाम । एक सातादेखि बेपत्ता भएकी धनुषाको लक्ष्मीनिया गाउँपालिका, बनिनियाकी २० वर्षीया अञ्जली