कोरोना संक्रमणबाट ३३ जनाको मृत्यु, १९९३ जना संक्रमणमुक्त
काठमाडौं । नेपालमा थप २६३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट १०८८६ जनाको परीक्षण गर्दा २६३४ जनामा संक्रमण पुष्टि भएको छ ।
त्यस्तै एन्टिजेन विधिबाट ४९२२ जनाको परीक्षण गरिएकोमा १२०६ जनामा संक्रमण पुष्टि भएको छ । त्यस्तै पछिल्लो २४ घण्टामा १९९३ जना संक्रमणमुक्त भएका छन् । त्यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ३३ जनाको मृत्यु भएको छ ।
योसँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ९७७१ पुगेको छ । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ८५९ जना कोरोना संक्रमित थपिएका छन् । क्वारेन्टाइनमा ३४९ जना रहेका मन्त्रालयले जनाएको छ ।