जनता समाजवादी पार्टी छिट्टै सरकारमा सहभागी हुने


काठमाडौं । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले बाटो बिराएकाहरु सच्चिएर आएमा ठाउँ दिने बताएका छन् । सोमबार निर्वाचन आयोग परिसरमा पत्रकारहरुसँग कुरा गर्दै अध्यक्ष यादवले आफ्नो पक्षमा निर्वाचन आयोगमा बहुमत कार्यकारिणी सदस्यको हस्ताक्षर जुटेको भन्दै महन्थ ठाकुर पक्षले आत्मालोचना गरेर आए पार्टीले बिचार गर्न सक्ने बताएका हुन् ।

उनले भने, ‘उहाँहरु आफैँ बाटो बिराएर जानुभएको हो । बिराएको बाटो सच्याएर र सार्वजनिक आत्मालोचना गरेर आए पार्टी हो ठाउँ दिन्छ ।’ यादवले पार्टी छिट्टै सरकारमा सहभागी हुने बताए ।  यसैबीच जसपा विवादमा निर्वाचन आयोग  पुगेर यादवको पक्षमा ३४ जनाले हस्ताक्षर गरेका छन् । केन्द्रीय कार्यकारिणी सदस्यका ५१ जनालाई निर्वाचन आयोगले उपस्थित भएर सनाखत गर्न भनेको थियो ।