म ढलेको होइन, एमालेलाई ढाल्ने षड्यन्त्रविरुद्ध उभिएको हुँः भीम रावल


काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष डा. भीम रावलले प्रतिनिधिसभाको सदस्यबाट राजीनामा दिएर आफू स्वच्छ राजनीति र पार्टी एकताको पक्षमा उभिएको बताएका छन् । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले शनिबार एउटा कार्यक्रममा आफ्नो राजीनामालाई ‘पाँच दलको गठबन्धन फुटाउने खेल’ भनेको भन्दै उनले आपत्ति जनाएका हुन् । सामाजिक सञ्जालमार्फत रावलले प्रचण्डको उक्त भनाइलाई ‘हास्यास्पद र मनगढन्त’ भनेका छन् ।

उनले भनेका छन्, ‘प्रतिनिधिसभाको सदस्यबाट राजीनामा दिएर म ‘ढलेको’ होइन, नेकपा (एमाले)लाई ढाल्ने षड्यन्त्रका विरुद्ध र स्वस्थ राजनीतिक अभ्यासको पक्षमा उभिएको हुँ । एमसीसी, नागरिकता, लिम्पियाधुरा–लिपुलेक–कालापानी र अन्य राष्ट्रिय हितका विषयमा प्रम देउवासँग करा गर्ने अवसर नदिई राजनीतिक भविष्य नै दाउमा राखेर निर्देशन मान भन्नु कुन विधि र गठबन्धन संस्कृति हो ?’