अहिले देखिएका बाँदर र स्याल हुइँया जुलुसले केही फरक पर्दैनः माधव नेपाल
काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले अपमान र कुकर्म सहेर एमालेमा बस्न नसकिने बताएका छन् । चम्पादेवीमा पुष्पलाल स्मृति दिवसका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै वरिष्ठ नेता नेपालले पुष्पलाल पथ अंगिकार गर्नेले कहिल्यै निरंकुशता नसहने बताएका हुन् ।
उनले एमालेभित्र निरंकुशता लाद्न खोजिएको भन्दै आपत्ति जनाए । उनले भने, ‘एमाले अघि बढ्छ कि बढ्दैन पर्खेर हेरेका छौँ । सुध्रिन्छ रुपान्तरण हुन्छ भने एकता भएर अघि बढ्छ । अपमान सहेर घरमा कोही बस्दैन । कुकर्म सहेर घरमा बस्नुहुँदैन । म पुष्पलालको स्कुलिङबाट अघि बढेको व्यक्ति हुँ ।’ उनले अहिले देखिएका बाँदर र स्याल हुइँया जुलुसले केही फरक नपर्ने बताए ।
नेपालले कम्युनिष्ट बिग्रियो भने अरुभन्दा गन्हाउने पनि बताए । एमाले आफूहरुले बनाएको भन्दै नेपालले सच्चा कम्युनिष्ट कसैको दास नहुने बताए ।