थप १३१० जनामा कोरोना संक्रमण, २१६४ जना संक्रमणमुक्त
काठमाडौं । नेपालमा थप १३१० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप १३१० जनामा संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ६६५८८६ पुगेको छ ।
त्यस्तै पछिल्लो २४ घण्टामा थप २१६४ जना संक्रमणमुक्त भएका छन् । त्यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप २१ जनाको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ९५२७ पुगेको छ । क्वारेन्टाइनमा ३३७ जना छन् भने आइसोलेसनमा २५९५२ जना सक्रिय संक्रमित रहेका मन्त्रालयले जनाएको छ ।