काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले सर्वोच्च अदालतको फैसलाविरुद्ध भण्डाफोर अभियान संचालन गर्ने नेकपा एमालेको निर्णयप्रति आपत्ति जनाएका छन् ।
शुक्रबार नेकपा एमाले संसदीय दलको बैठकले सर्वोच्च अदालतले गरेको संसद पुनःस्थापनासहित शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्ने परमादेशको भण्डाफोर गर्ने निर्णय गरेको थियो ।
भट्टराईले सामाजिक संजालमार्फत भनेका छन्, ‘खड्गप्रसाद एण्ड कम्पनीले कार्यपालिका र व्यवस्थापिका मात्र ध्वस्त पारेकोमा धित नमरेर अब न्यायपालिकामाथि पनि खड्ग चलाउने भूत चढेछ ! जो चोर उसको ठूलो स्वर भने झैं संविधानसभाले विशेष व्यवस्था गरेको धारा७६(५)ले निर्दलीयता ल्याउने हौवा पिटिरहेछ ! त्यसो भए कमल थापाहरू खुशी हुनुपर्ने हैन र ?’
खड्गप्रसाद एण्ड कम्पनीले कार्यपालिका र व्यवस्थापिका मात्र ध्वस्त पारेकोमा धित नमरेर अब न्यायपालिकामाथि पनि खड्ग चलाउने भूत चढेछ! जो चोर उसको ठूलो स्वर भने झैं संविधानसभाले विशेष व्यवस्था गरेको धारा७६(५)ले निर्दलीयता ल्याउने हौवा पिटिरहेछ!त्यसो भए कमल थापाहरू खुशी हुनुपर्ने हैन र?
— Baburam Bhattarai (@brb1954) July 16, 2021

प्रतिक्रिया