एमाले स्थायी कमिटी बैठकद्वारा १० बुँदे सहमति अनुमोदन, देउवा सरकारलाई विश्वासको मत नदिने निर्णय


काठमाडौँ । नेकपा एमालेको विवाद समाधान गर्न गठित १० सदस्यीय कार्यदलले गरेको १० बुँदे सहमति स्थायी कमिटी बैठकले अनुमोदन गरेको छ ।

शुक्रबार तुलसीलाल स्मृति प्रतिष्ठान भवन च्यासलमा बसेको स्थायी कमिटी बैठकले दसबुँदे सहमति ग्रहण गर्दै अनुमोदन गरेको प्रवक्ता प्रदीप ज्ञवाली जानकारी दिएका छन् । उनकाअनुसार सहमति अनुमोदन भएसँगै कार्यदल विघटन भएको छ । माधव नेपाल पक्षका नेताहरु भने अध्यक्ष केपी शर्मा ओलीले बैठक स्थगित गर्न नमानेको भन्दै बाहिरिएका थिए ।

बैठकले शेरबहादुर देउवा नेतृत्वको गठबन्धन सरकारलाई समर्थन नगर्ने र विश्वासको मत पनि नदिने निर्णय गरेको छ । बैठकले सर्वोच्च अदालतको परमादेशबाट बनेको सरकारको जनमतमा वैधानिकता नरहेको ठहर गरेको छ ।