ओलीको सडक तमासा खसीको टाउको छिनाली सकेपछि फिटीफिटी गरेजस्तोः बाबुराम भट्टराई


काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले केपी ओलीको बहिर्गमनपछिको सडक तमासा खसीको टाउको छिनाली सकेपछि पनि केहीबेर फिटीफिटी गरेजस्तो भएको बताएका छन् ।

सामाजिक संजालमार्फत भट्टराईले ओलीको बहिर्गमनपछिको सडक तमासादेखि लुम्बिनी प्रदेशको जात्रासम्म हेर्दा त्यही पुष्टि हुने बताएका हुन् ।

उनले भनेका छन्, ‘खसीको टाउको छिनाली सकेपछि पनि पुच्छर केही बेर फिटीफिटी गर्छ ! ओलीको बहिर्गमनपछिको सडक तमासादेखि लुम्बिनी प्रदेशको जात्रासम्म हेर्दा त्यही पुष्टि हुन्छ ! आफू कुर्सीमा नरहे आकाशै खस्छ भन्ने ओली प्रवृत्ति हिटलरी नाजीवाद/फासीवादसँग मिल्दोजुल्दो छ, जसले अन्त्यमा सपरिवार आत्महत्या गरेथ्यो !’