काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक साउन ३ गते अपरान्ह ४ बजेका लागि बोलाएकी छन् ।
बिहीबार मन्त्रिपरिषद बैठकले सिफारिस गरेअनुसार राष्ट्रपति भण्डारीले संघीय संसदको दुबै सदनको अधिवेशन आह्वान गरेकी हुन् । सर्वोच्च अदालतले संसद पुनःस्थापना हुने फैसला गरी साउन ३ गतेभित्र बैठक बोलाउन आदेश दिएको थियो ।


प्रतिक्रिया