साउन ३ गते प्रतिनिधिसभाको बैठक बोलाउन सिफारिस


काठमाडौं । सरकारले साउन तीन गतेका लागि प्रतिनिधिसभा र राष्ट्रियसभाको अधिवेशन आह्वानका लागि राष्ट्रपतिलाई सिफारिस गर्ने निर्णय गरेको छ ।

बिहीबार बसेको मन्त्रिपरिषद बैठकले साउन ३ गते आइतबार अपरान्ह चार बजे प्रतिनिधिसभा र राष्ट्रियय सभाको बैठक आह्वानका लागि राष्ट्रपतिलाई आह्वान गर्न सिफारिस गर्ने निर्णय गरेको कानुनमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए । त्यस्तै  बैठकले सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता छानबिन आयोगको म्याद १ वर्ष थप गर्ने निर्णय गरेको छ।

सर्वोच्च अदालतले संसद पुनर्स्थापना हुने फैसला सुनाउँदै साउन ३ गतेभित्र प्रतिनिधिसभाको बैठक बोलाउन आदेश दिएको थियो