कोरोना संक्रमणबाट १८ जनाको मृत्यु, १६०६ जना संक्रमणमुक्त
काठमाडौं । नेपालमा थप २०१० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट ८१०८ जनाको परीक्षण गर्दा २०१० जनामा संक्रमण पुष्टि भएको छ ।
त्यस्तै एन्टिजेन विधिबाट ४९१६ जनाको परीक्षण गर्दा ८९५ जनामा संक्रमण पुष्टि भएको छ । काठमाडौं उपत्यकामा ४२५ जनामा संक्रमण पुष्टि भएको छ । त्यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट १८ जनाको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ९४३० पुगेको छ । त्यस्तै पछिल्लो २४ घण्टामा १६०६ जना संक्रमणमुक्त भएका छन् ।