काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष डा. भीम रावलले पार्टी विभाजन रोक्ने प्रयास नगर्न आफूलाई दवाव र धम्कीपूर्ण फोन आएको बताएका छन् ।
बुधबार विज्ञप्ति जारी गरी रावलले एमालेलाई विभाजनबाट रोक्नका लागि प्रयास नगर्न केही राजनीतिक दलका नेताहरुबाट आफूलाई धम्की आएको बताएका हुन् ।
उनले भनेका छन्, ‘एमाले कतै विभाजनबाट रोकिने पो हो कि भनेर कतिपयलाई देखिने र बुझिने गरी लागिरहेको रिंगाटाको पर्दा उघारीदिउँ कि जस्तो पो लाग्छ ।’ रावलले २० असारमा पार्टी अध्यक्ष केपी शर्मा ओलीसँग बालुवाटारमा भेटेको कुरा वरिष्ठ नेता माधव नेपाल र रघुजी पन्तलाई जानकारी गराएको उल्लेख गरेका छन् । उनले ओलीसँगको भेटमा पदका बारेमा छलफल नै नभएको बताएका छन् ।



प्रतिक्रिया