देउवा सरकारको पहिलो निर्णयः आगामी चैतसम्म सबै नागरिकलाई खोप


काठमाडौं । सरकारले आगामी चैतसम्म सबै नागरिकलाई कोभिविरुद्धको खोप लगाइसक्ने भएको छ । मंगलबार राति सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को पहिलो बैठकले यस्तो निर्णय गरेको हो ।

बैठकले हाललाई ज्ञानेन्द्र बहादुर कार्कीलाई प्रवक्ताको जिम्मेवारी दिएको छ । बैठकपछि कार्कीले असोजसम्ममा एक तिहाइ जनसंख्या र चैतमा सबै नागरिकलाई खोप लगाइसक्ने निर्णय गरेको जानकारी दिए ।