कोरोना संक्रमणबाट १२ जनाको मृत्यु, २०७८ जना संक्रमणमुक्त
काठमाडौं । नेपालमा थप १६३९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार पछिल्लो २४ घण्टामा थप १६३९ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै कोरोना संक्रमितको संख्या ६५८७७८ पुगेको छ ।
त्यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट १२ जनाको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ९४१२ पुगेको छ ।
त्यस्तै पछिल्लो २४ घण्टामा थप २०७८ जना संक्रमणमुक्त भएका छन् । क्वारेन्टाइनमा २९९ जना छन् भने आइसोलेसनमा २६२६१ जना सक्रिय संक्रमित रहेका मन्त्रालयले जनाएको छ ।