वार्तामा खास प्रगति भएनः घनश्याम भुसाल
काठमाडौं । नेकपा एमालेको विवाद समाधान कार्यदलको बैठक विना निष्कर्ष टुंगिएको छ । यसअघि दिउँसो बसेको बैठक साँझ बस्ने गरी टुंगिएको थियो । तर साँझ बसेको बैठक पनि विना निष्कर्ष टुंगिएको हो ।
कार्यदल सदस्य घनश्याम भुसालले बैठकमा कुनै सहमति नभएको जानकारी दिए । भुसालले १० दिनदेखि वार्तामा खास प्रगति नभएको बताए । विभिन्न कारणले सहमति हुन नसकेको भन्दै उनले भोलि साढे ११ बजे पुनः बैठक बसेर सहमति जुटाउने प्रयास हुने जानकारी दिए ।