काठमाडौं । नेकपा एमालेकी नेतृ रामकुमारी झाँक्रीले पार्टी अध्यक्ष केपी ओलीको कुनै जालझेलमा पर्न नहुने बताएकी छन् । विवाद समाधानका लागि गठित कार्यदल सहमति नजिक पुगेको खबर सार्वजनिक भइरहेका बेला बिहीबार दिउँसो सामाजिक संजालमार्फत झाँक्रीले ओलीको जालझेलमा पर्न नहुने भन्दै नेताहरुलाई खबरदारी गरेका हुन् ।
उनले लेखेकी छन्, ‘लोकतन्त्रको रक्षाको लागि संविधानलाई क्रियाशील गराउन संसदको पुनःस्थापना एउटा अनिवार्य सर्त हो। हामीले यसको लागि एउटा प्रक्रियाको मात्र थालनी गरेका हौँ । अदालतको फैसलापछि सरकार बन्ने र विश्वासको मत प्राप्त गर्ने काम बाँकी छ। त्यसकारण कुनै पनि जालझेलमा पर्नुहुन्न । झुक्किनु हुँदैन ।’

प्रतिक्रिया