पार्टी एकता र फुटको कुनै फर्मुला हुन्नः बाबुराम भट्टराई


काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले पार्टी एकता र फुटको कुनै फर्मुला नहुने बताएका छन् । सामाजिक संजालमार्फत भट्टराईले सामान्य मान्छे एकताबाट खुशी र फुट्दा दुःखी हुने बताएका हुन् ।

उनले लेखेका छन्, ‘पार्टीको एकता र फुटको कुनै फर्मुला हुन्न । तैपनि सामान्य मान्छे एकताबाट खुशी र फुट्दा दुःखी हुन्छ ! मुख्य कुरो कहाँ पुग्ने(लक्ष्य) र कुन बाटो जाने(कार्यदिशा)भन्ने हो ! पूर्व जाने र पश्चिम जानेहरू एकै ठाउँमा बसेर कतै पनि पुगिन्न । बरू पूर्व जाने एकातिर पश्चिम जाने अर्कोतिर हुँदा राम्रो !’

जसपाको विवाद निरुपण गर्न निर्वाचन आयोगले इजलास गठन गरेको सन्दर्भमा भट्टराईको यस्तो भनाई आएको हो । जसपा उपेन्द्र यादव पक्ष र महन्थ ठाकुर पक्ष सँगै नजाने निर्णयमा पुगेका छन् ।