प्रतिगमनको छिटा राष्ट्रियसभाभित्र आउन थालेको महसुस हुन थाल्योः नारायणकाजी श्रेष्ठ



काठमाडौं । राष्ट्रियसभाका सदस्य नारायणकाजी श्रेष्ठले प्रतिगमनलाई सफल पार्ने सपना नदेख्न प्रधानमन्त्री केपी ओलीलाई चेतावनी दिएका छन् । सोमबारको राष्ट्रियसभा बैठकको बैठकमा श्रेष्ठले प्रतिगमनलाई कुनै पनि अवस्थामा सफल हुन नदिने भन्दै त्यस किसिमको सपना नदेख्न प्रधानमन्त्रीलाई चेतावनी दिएका हुन् ।

उनले मुलुक प्रतिगमन र अग्रगमनको संघर्षबाट गुज्रिरहेको बताएका हन् । उनले आफूहरुले एकपटक सरकारको प्रतिगामी कदमलाई असफल पार्न सफल भएपनि प्रतिगमन पूर्ण रुपमा सफल हुन नसकेका कारण प्रतिनिधिसभा दोश्रो पटक पनि विघटन भएको बताए ।

उनले भने, ‘म चेतावनी दिन चाहन्छु । त्यो कहिल्यै पुग्ने पनि छैन । त्यस्तो सपना कसैले नदेखे हुन्छ । हामी प्रतिगमनलाई हरहालतमा परास्त गरि छाड्नेछौं ।’ उनले राष्ट्रियसभाको अधिवेशनलाई तत्काल अन्त्य गर्ने तर्फ नसोच्न र जनताको आवाज मुखरित गर्ने औजार र थलोको रुपमा सदुपयोग गर्न सभाअध्यक्षको ध्यानाकर्षण गराए ।

उनले राष्ट्रियसभामा पनि प्रतिगमनको छिटा भित्र आउने थालेको आफूलाई महसुस हुन थालेको बताए । उनले भने, ‘ सभामा मैले आधा घण्टासम्म पनि बोलेको स्मरण छ । अब २० मिनेट बोल्न पाउनुपर्नेमा घटाएर १५ मिनेट बनाएछ । निरंकुशताको र प्रतिगमनको छिटा यही सदनभित्र पनि आउन थालेको महसुस भएको छ । यो आपत्तिजनक हो ।’ प्रधानमन्त्री ओलीको स्वार्थ केन्द्रित सत्तालिप्साले नेपालमा विदेशी हस्तक्षेप आमन्त्रण गर्ने स्थानमा पुर्याएको दाबी उनले गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
चितवनमा रविमाथि अभियोजन गर्ने सरकारी वकिलमाथि छानबिन सुरु

काठमाडौँ । चितवनमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध अभियोजन गर्ने जिल्ला न्यायाधिवक्तालाई

टुटेको आशालाई विश्वासमा परिणत गर्न नवीन सोच राख्नुपर्छ

-डा. शोभाकर पराजुली मजबुत लोकतान्त्रिक संस्कृति निर्माण गर्नु भनेको एक जटिल र दीर्घकालीन

इजरायलस्थित नेपाली राजदूत पण्डित र इजरायली राष्ट्रपतिबीच टेलिफोन संवाद, विपिन रिहाइबारे छलफल

काठमाडौं । इजरायलस्थित नेपाली राजदूत धनप्रसाद पण्डितले इजरायलका राष्ट्रपति इसहाक हर्जोगसँग टेलिफोन गरी

भिजिट भिसाको आवेदन

नारायण गाउँले । मैले आमाको भिजिट भिसा आवेदन गर्दै थिएँ । त्यहाँ आयस्रोत