आफ्नै पार्टीविरुद्धको मोर्चामा सामेल हुनेहरु कसरी एमालेका कार्यकर्ता हुन्छन् ?



काठमार्डाैं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रमुख प्रतिपक्षी दलको नेतृत्वमा वैकल्पिक सरकार बनाउन हस्ताक्षर गर्नेहरु पार्टी कार्यकर्ता नभएको बताएका छन् ।.

शनिबार पार्टी केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले आफ्नै पार्टी विरुद्धको मोर्चामा सामेल हुनेहरु नेकपा एमालेका कार्यकर्ता नभएको बताएका हुन् । प्रधानमन्त्री ओलीले विपक्षी गठबन्धनको नेतृत्वमा सरकार निर्माणका लागि राष्ट्रपति कार्यालयमा बुझाएको पत्रमा हस्ताक्षर गरेका तथा सर्वोच्च अदालतको रिटमा हस्ताक्षर गरेका आफ्ना कार्यकर्तालाई सच्चिएर फर्किन आव्हान गरे ।

आफ्नै पार्टीको नेतृत्वको सरकारको विरोधमा सडकमा पुत्ला जलाउनेलाई दलको कार्यकर्ता मान्न नसकिने उल्लेख गरे । पार्टी एकताका लागि नेतृत्व लचिलो र फराकिलो मन लिएर अघि बढ्नु भनेको आफ्नै विरुद्धको आवाज नसुन्नु नभएको भन्दै उनले विपक्षी दलसँग साँठगाँठ गर्नेहरु एमालेका नेता कार्यकर्ता नहुने तर्क गरे ।

उनले भने, ‘मुद्दाको फैसला हुँदासम्म नेकपा एमाले ढाल्ने प्रमुख प्रतिपक्षीको नेतृत्वमा वैकल्पिक सरकार बनाउनेमा हस्ताक्षर जजकिो कायम रहन्छ,ती पार्टी कार्यकर्ता होइनन् । मुद्दाको फैसला हुँदासम्म । त्यसले त एउटा कित्ताकाट त गरिसक्यो नि । यसमा कुनै भ्रम पाल्नुहुन्छ र भन्या । झुटका खेतप्मा भ्रम पालेर अलमलिन हुन्छ र ?’

मान्छेबाट गल्ती हुन सक्ने र गल्तीलाई सच्याउन पनि सकिने भन्दै प्रधानमन्त्री ओलीले लामो समयसम्म पनि सच्चिन नसक्नेलाई पार्टीले आफ्नो कार्यकर्ता मान्न नसक्ने बताए ।

उनले भने,‘सप्रिएर आउन पाइन्छ । तर सप्रिने समय हामी कोही कोहीलाई लामो विमारी लाग्ला, निको हुन धेरै समय लाग्ला । निको हुन १० बर्ष लाग्यो भने के गर्ने ? पर्खिरहने ? त्यसकारण १० बर्ष पर्खाई हुन सक्क्तैन ।’

कारवाही फुकुवा गरि जेठ २ मा फर्किनु नेता माधव नेपाल पक्षको माग भएको र त्यो माग पुरा गरेको भन्दै उनले अब कुनै पनि वहानामा पार्टीका क्रियाकलापहरु नरोकिने स्पष्ट पारे ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
विशेष परिस्थितिबाहेक अब हेलिकप्टर प्रयोगमा प्रतिबन्ध, सार्वजनिक खर्चलाई मितव्ययी बनाउन नयाँ मापदण्ड जारी

काठमाडौं । सरकारले सार्वजनिक खर्चलाई मितव्ययी र प्रभावकारी बनाउन नयाँ मापदण्ड जारी गरेको

वरिष्ठ अधिवक्ता त्रिपाठीमाथि आक्रमण गर्ने रास्वपाका नेतासहित तीन जनाविरुद्ध ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता

काठमाडौं । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीमाथि आक्रमण गर्ने तीन जनाविरुद्ध ज्यान मार्ने उद्योगमा

अध्यादेशका पक्षमा सत्तापक्ष एकभएर उभिने, कुनै बेमेल नभएको जिकिर

काठमाडौं। सरकारले संसद्मा प्रस्तुत छवटै अध्यादेश संघीय संसद् (प्रतिनिधिसभा र राष्ट्रियसभा)को बिहीबार बस्ने

अध्यादेश अध्ययन कार्यदलले प्रतिवेदन बुझाएपछि मात्र निर्णय हुन्छः अध्यक्ष यादव

काठमाडौं । जनता समाजवादी पार्टी नेपालले अध्यादेशको बारेमा पार्टीको औपचारिक निर्णय भइनसकेको बताएको