नेपालमा नेता मात्र होइन कर्मचारी पनि उत्तिकै खराब छन्



प्रेम सञ्जेल ।

स्थायी नोकरीमा मात्र ४० बर्ष ४ महिना ६ दिन नेपाली जनताको सेवा गरी विदा लिएँ (भ्रष्टाचारी,काला कमाउने) घुस्याहा,भुस्याहा,छुस्याहा, जँड्याहा,कप्ट्याहा,द्रब्यपिसाच, घोसे,घोप्टे,कपटी,चाप्लुसे देशमारा, जनताको रगत चुसाहा, अफिसको रगत चुसाहा, कमिसनखोर, कर्मचारीहरु र तिनका दृश्य अदृश्य राजनैतिक संरक्षकहरु/ र ……….हरु/ जागिरबाट/ सेवाबाट/पेशाबाट/कामबाट/ र ………बाट अवकाश भै/वा खारेज भै ‘सँधैको लागि’ घर जान बिदा हुँदा जनताको रगत चुसेर भित्री शरीर जुकाको जस्तो रगतले ढाडिएर रातोपिरो पारेर बाहिरी शरीर र ‘घुस्याहा कालोअनुहार’ तत्काल छोप्न आसेपासेद्वारा कालो अनुहारमा अविर दलाएर तथाकथित बिदाई समारोहको ‘प्रायोजन’ गर्छन् । मैले त्यस्तो तथाकथित काम बहिस्कार गर्ने चलन आफैँबाट शुरू गरेँ । स्थायी नोकरीमा मात्र ४० बर्ष ४ महिना ६ दिन नेपाली जनताको सेवा गरी विदा लिएँ ।

नेपालमा नेता मात्र होइन कर्मचारी पनि उत्तिकै खराब छन् । ४० बर्ष जागिर खायो रे । अरुले नगरेको तर तैले गरेको एउटा काम भन त भन्दा अफिस गएर फर्केँ भन्छ । पाए घुस खान्छ । नपाए अफिसको कमिसन खान्छ । भ्रस्टाचार गर्छ । बाल बचेरा विदेशमा पढाउँछ । यस्ताले त भैँसी पालेर बसे कसो होला ?

नेपालका सबै कर्मचारी साथी, तिमीले आफ्नैदेश सुधार्न के कसम खायौ ? अझै घुस, कमिसन, नजराना, इनाम, बक्सौनि, रिश्वतको नाममा आफ्नै देश र गरिब नेपाली जनताको रगत चुस्दै छौ ? मैले भ्रष्टाचारविरुद्ध लड्दा जेल, ज्यान र जागिरमाथि हिँड्ने आवश्यक परेका बखत बात, हात र लात चलाउने, समयले जे निर्णय गर्छ, सोही मान्ने कसम खाएर सरकारी जागिर/स्थायी नोकरीमा मात्र नोकरीमा ४० बर्ष ४ महिना ६ दिन नेपाली जनताको सेवा गरी विदा लिएँ । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
रिङ्कु सदाको मृत्यु घटनाको अनुसन्धान प्रक्रियाबारे प्रचण्डको चासो

सिरहा । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सिरहाका प्रमुख जिल्ला अधिकारी

धनुषामा एक महिलाको घरभित्रै गाडिएको अवस्थामा शव फेला, श्रीमान फरार

जनकपुरधाम । एक सातादेखि बेपत्ता भएकी धनुषाको लक्ष्मीनिया गाउँपालिका, बनिनियाकी २० वर्षीया अञ्जली

तयार भयो ‘बजेट क्यालेण्डर’, करिब १९ खर्ब हाराहारीको बजेट लेखिँदै

काठमाडौँ । अर्थ मन्त्रालयले आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट तर्जुमा कार्यतालिका (बजेट

सरकार ढुक्क छ, सदनमा प्रस्तुत सबै अध्यादेश पास हुन्छन्ः सञ्चारमन्त्री गुरूङ

कास्की । सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरूङले सरकारले सदनमा