खोप नदिनका लागि विदेशी सरकार र कम्पनीलाई लबिङ् प्रधानमन्त्रीका रूपमा आफ्नै पनि बेइज्जती हो !



नारायण गाउँले ।

केही नेताले अहिले खोप नदिनका लागि विदेशी सरकार र कम्पनीलाई लबिङ् गरिरहेको ओलीले दाबी गरेछन् । यो सानोतिनो आरोप होइन र सामान्य व्यक्तिले लगाएको आरोप पनि होइन ।

यस्तो अपराध भएको छ भने ‘नेमिङ् एन्ड सेमिङ्’ गर्नु सरकार र उनको दायित्व हो । जनस्वास्थ्यको क्षेत्रमा यति जघन्य अपराध कसैले गर्दै छ भने त्यसबारे आम जनताले थाहा पाउनु र बहिष्कार गर्नु जरूरी छ ।

दिमाग नखुस्केको व्यक्तिले प्रधानमन्त्रीको कुर्सीमा बसेर बिना कुनै आधार यति सस्तो आरोप पक्कै पनि लगाउँदैन । कुनै पनि विदेशी मुलुकले यति संवेदनशील महामारीमा त्यस्तो अमानवीय आग्रह गर्नेहरूलाई पक्कै संरक्षण गर्दैनन् पनि । यो देशकै लागि लज्जाको विषय हो ।

सूचना, तथ्य र आधारमा टेकेर गरिएको दाबी भए तुरुन्त कारबाही होस् ! कम्तिमा नामसम्म प्रमाणसहित सार्वजनिक भयो भने पनि जनता आफैले कारबाही गर्नेछन् । सोच्न पनि नसकिने यस्तो अपराधबारे केही तालीको लोभमा देशको प्रधानमन्त्रीले हावामैं बोलेको हो भने धिक्कार छ ! यो नेताको मात्रै होइन, देशकै बेइज्जती हो र प्रधानमन्त्रीका रूपमा आफ्नै पनि बेइज्जती हो !

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
धनुषामा एक महिलाको घरभित्रै गाडिएको अवस्थामा शव फेला, श्रीमान फरार

जनकपुरधाम । एक सातादेखि बेपत्ता भएकी धनुषाको लक्ष्मीनिया गाउँपालिका, बनिनियाकी २० वर्षीया अञ्जली

तयार भयो ‘बजेट क्यालेण्डर’, करिब १९ खर्ब हाराहारीको बजेट लेखिँदै

काठमाडौँ । अर्थ मन्त्रालयले आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट तर्जुमा कार्यतालिका (बजेट

सरकार ढुक्क छ, सदनमा प्रस्तुत सबै अध्यादेश पास हुन्छन्ः सञ्चारमन्त्री गुरूङ

कास्की । सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरूङले सरकारले सदनमा

विदेश पलायन भइरहेको युवा जनशक्तिलाई रोक्नु पहिलो आवश्यकता होः राष्ट्रपति पौडेल

गण्डकी । राष्ट्रपति रामचन्द्र पौडेलले केही भएन भन्नेमात्र नभई धेरै भएको छ तर