१८८९ जनामा कोरोना संक्रमण, ४१ जनाको मृत्यु
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप १८८९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७१८७ जनाको पीसीआर परीक्षण गर्दा १८८९ जनामा र ४३८१ जनाको एन्टिजेन परीक्षण गर्दा १००३ जनामा संक्रमण पुष्टि भएको हो । उपत्यकामा ५७२ जनामा संक्रमण पुष्टि भएको छ ।
त्यस्तै पछिल्लो घण्टामा थप ४१ जनाको मृत्यु भएको छ । त्यस्तै पछिल्लो २४ घण्टामा ३५९७ जना संक्रमणमुक्त भएका छन् । क्वारेन्टाइनमा ३४८ जना छन् भने आइसोलेसनमा ३३५६१ जना सक्रिय संक्रमित रहेका मन्त्रालयले जनाएको छ ।