दमौली । नेपाली कांङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रजातान्त्रिक समाजवादीहरूका लागि कम्युनिस्टको क भन्दा अधिनायकवादको अ सँग खतरा रहेको बताएका छन् ।
स्थानीय तह र अस्पताललाई स्वास्थ्य सामग्री वितरण गर्न शनिबार तनहुँको दमौलीमा आयोजित कार्यक्रममा वरिष्ठ नेता पौडेलले अधिनायकवादसँग खतरा रहेको बताएका हुन् ।
उनले भने, ‘बीपीले भन्नुहुन्थ्यो कम्युनिस्ट सँग मिल्ने नै होइन, त्यो हाम्रो सिद्धान्तले पनि दिँदैन । तर अब यसमा बदलाव ल्याउनु जरुरी छ । मुलुक दुई ध्रुवमा विभाजित छ, लोकतन्त्र पक्षधर एकजुट भएर अगाडी बढ्नुपर्छ । सहकार्य गर्न आउनेलाई साथमै लिएर लैजान तयार छौं । हामीसँग कोही मिल्न आउँछन् भने उनीहरुलाई टाढा बनाउन आवश्यक छैन ।’ प्रधानमन्त्री केपी ओलीले देशलाई बर्बादीतर्फ लगेको भन्दै उनले तत्कालै विकल्प खोज्नुपर्ने बताए ।
कार्यक्रममा उनले तनहुँका दश र लमजुङका एक स्थानीय तहलाई करिब ३५ लाख रुपैयाँ बराबरको स्वास्थ्य सामग्री हस्तान्तरण गरेका थिए । सबै पालिकालाई एक/एक थान अक्सिजन कन्सन्ट्रेटर सहित फेसशिल्ड, मास्क, पिपिई लगायतका सामग्री हस्तान्तरण रिएको थियो ।

प्रतिक्रिया