नेपालका स्वास्थ्यकर्मीको प्रशंसा गर्दै यसो भने डब्लूएचओका महानिर्देशकले


काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्लूएचआ)ले नेपालको मुस्ताङमा कोरोना खोप लगाउन स्वास्थ्यकर्मीले गरेको प्रयासको प्रशंसा गरेको छ । डब्लूएचओका महानिर्देशक डाक्टर टेड्रोस एड्हानोम गेहब्रेयसले स्वास्थ्यकर्मीहरु नायक हुन् भन्दै प्रशंसा गरेका हुन् ।

जेठ १ गते मुस्ताङको छापताङ् खोलामा बाढी आएर तर्न नसकेपछि स्वास्थ्यकर्मीले पाइपको सहाराले खोप राख्ने भाँडोलाई पारी तारेको भिडियो हेरेपछि उनले यस्तो बताएका हुन् । उनले लेखेका छन्, ‘स्वास्थ्यकर्मीहरु जीवन रक्षाका लागि कति टाढासम्म जाँदैछन्, यो हाम्रो शक्ति र कर्तव्य हो ।’

असार १ गते कोरोना खोपको दोस्रो डोज लगाउने तालिका रहेको र स्थानीय स्वास्थ्यचौकीमा ६० वर्षमाथिका जेष्ठ नागरिकलाई बोलाइसकिएको थियो । तर, कोल्डस्टोरमा रहेको खोप ढुवानी गर्ने क्रममा स्थानीय छापताङ खोलामा बढेर आएपछि स्वास्थ्यकर्मीले पाइपको सहाराले खोप राखिएको बाकस तारेका थिए ।

यो दृश्यलाई स्थानीय स्वास्थ्य चौकीमा कार्यरत कर्मचारीले खिचेकी थिइन् । सामाजिक सञ्जलामा चर्चामा रहेको यही भिडियो डब्लुएचओका महानिर्देशकले ट्वीट गरेका हुन् ।