नयाँ पुस्तालाई नेतृत्व हस्तान्तरण नगरे राप्रपा विघटन हुने गम्भीर खतरा छ



दिलनाथ गिरी ।
राप्रपालाई कुरूप बनाउने तीन घुँडे रथका संवाहकको प्रतिस्पर्धाबाट झण्डै १८ महिनाको अभ्यासपछि विशेष समिति तथा निर्देशन समिति गठन गर्न सफल भएका छन् र तीन घोड़े रथयात्रामा सहभागी हुने अवसर पाउनुहुने सबै यात्रीहरूको यात्रा सुखद मंगल रहोस् मेरो शुभकामना छ !

राप्रपा पाटी तेस्रो, चौथो शक्ति हुँदै शून्यको अवस्थामा रूपान्तरण हुँदा पनि नेतृत्वले कहिल्यै जिम्मेवरी बोध गर्न सकेन , जनता कोरोना भाइरसको रोगबाट आक्रान्त भएका छन्, रोग भोंक र शोकले पीडित जनताको समस्यामा पाटी कही कतै देखापर्न सकेन । बरू यदाकदा सत्ताको फोहोरी खेलमा रमाउने प्रवृत्ति भने यद्यपि हाबी छ । राप्रपालाई वैकल्पिक राष्ट्रवादी प्रजातान्त्रिक पाटीको रूपमा स्थापित गर्ने लक्ष्य बोकेको भएतापनि बिगतमा राप्रपाको नेतृत्व तहको भूमिकाबाट सैद्धान्तिक बिचलन आएको कारणवाट राप्रपा प्रति शुभेक्षा राख्ने जनतालाई राप्रपा भन्दा धेरैटाढा पुर्याउने काम भयो ।

सत्ता स्वार्थको कारणवाट पार्टी गम्भीर घाइते हुँदा पनि नेतृत्वलाई दुखेको महसुस हुन सकेन तसर्थ यदि राप्रपालाई जनताको विश्वास आर्जन गरेर सच्चिनै वैकल्पिक राष्ट्रवादी प्रजातान्त्रिक पार्टीको रूपमा स्थापना गर्नेहो भने तीनै गुटका असफल नेतृत्व र पाटी भित्रको गुट उपगुटको समुचित उन्मूलन गरी, आगामी महाधिवेशनमा नयाँ पुस्ताको नेतृत्वमा ऐक्यबद्धता हुने अवसरलाई समुचित सदुपयोग गर्न असफल भए राप्रपा नै विघटन हुने गम्भीर खÞतरा देखिएको छ ! राप्रपाको मूल एजेण्डालाई कमजोर बनाउने राप्रपा भित्रका गुटहरूको नै प्रमुख भूमिका भएको हुँदा यसतर्फ समयमा नै सचेत हुन सकौ ! अब राप्रपाको गुट उपगुटको अन्त्य गरी राप्रपालाई जोगाउन ऐक्यबद्धता गरौ ! अस्तु ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
तयार भयो ‘बजेट क्यालेण्डर’, करिब १९ खर्ब हाराहारीको बजेट लेखिँदै

काठमाडौँ । अर्थ मन्त्रालयले आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट तर्जुमा कार्यतालिका (बजेट

सरकार ढुक्क छ, सदनमा प्रस्तुत सबै अध्यादेश पास हुन्छन्ः सञ्चारमन्त्री गुरूङ

कास्की । सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरूङले सरकारले सदनमा

विदेश पलायन भइरहेको युवा जनशक्तिलाई रोक्नु पहिलो आवश्यकता होः राष्ट्रपति पौडेल

गण्डकी । राष्ट्रपति रामचन्द्र पौडेलले केही भएन भन्नेमात्र नभई धेरै भएको छ तर

चार्ल्स डार्विन र युक्रेन युद्ध

-डा. गोविन्दशरण उपाध्याय । बलिया देशले न सन्धि मान्छन् न सम्झौता नै, उनीहरू