काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले बाढी पहिरो प्रभावितको उद्दार र राहतमा कुनै कमी हुन नदिन सरकारलाई निर्देशन दिएकी छन् ।
शुक्रबार गृहमन्त्री खगराज अधिकारी, तीनै सुरक्षा निकायका प्रमुख र राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका पदाधिकारीलाई बोलाएर राष्ट्रपतिले बाढी पहिरो प्रभावितको उद्दार, बसोबास, खानपिन र उपचारमा कुनै कसर बाँकी नराख्न निर्देशन दिएकी हुन् ।
त्यसक्रममा गृहमन्त्री खगराज अधिकारी, गृहसचिव महेश्वर न्यौपाने र प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेलले मूलुकभर घटेका बाढी पहिरोका घटना र क्षतिको अवस्थाबारे राष्ट्रपतिलाई जानकारी गराएका थिए ।

प्रतिक्रिया