सरकारले लकडाउनलाई आफ्नो सत्ता जोगाउने सुरक्षा कवचको रुपमा प्रयोग गरेको कांग्रेसको आरोप


काठमाडौं । नेपाली कांग्रेसले सरकारले लकडाउनलाई आफ्नो सत्ता जोगाउने सुरक्षा कवचको रुपमा प्रयोग गरेको आरोप लगाएको छ ।

बिहीबार पार्टी केन्द्रीय कार्यसमितिको बैठकमा नेताहरुले सरकारले लकडाउनलाई सत्ता जोगाउने सुरक्षा कवचको रुपमा प्रयोग गरेको बताएका हुन् ।

सरकारको चरम लापरवाही र सत्ता केन्द्रित राजनीतिका कारण देश चौतर्फी संकटमा परेको कांग्रेसले ठहर गरेको छ । कोभिड–१९ को रोकथाम र उपचारमा सक्रिय हुन निरन्तर खबरदारीका वावजुद सरकारले यसलाई प्राथमिकतामा नराखेको नेतारुले बताएका छन् ।

संक्रमण बढ्दै जाँदा सरकारले फेरि लकडाउनको सहारा लिन लिएको र यसले निम्न वर्गका नागरिकहरु खासगरी श्रमजीवी वर्ग दैनिक जीवन निर्वाह गर्न नसक्ने अवस्थामा पुगेका कांग्रेस नेता प्रकाशशरण महतले बताए ।