थप १७६८ जनामा कोरोना संक्रमण, २१४१ जना संक्रमणमुक्त
काठमाडौं । नेपालमा थप १७६८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १७६८ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ६१५९६४ पुगेको छ ।
त्यस्तै पछिल्लो २४ घण्टामा २१४१ जना संक्रमणमुक्त भएका छन् । त्यस्तै पछिल्लो २४ घण्टामा थप ३९ जनाको मृत्यु भएको छ । योसँगै मृत्यु हुनेको संख्या ८५९७ पुगेको छ । क्वारेन्टाइनमा ४८७ जना छन् भने आइसोलेसनमा ६१७२५ जना सक्रिय संक्रमित रहेका जना सक्रिय संक्रमित रहेका मन्त्रालयले जनाएको छ ।