थप २०१४ जनामा कोरोना संक्रमण, ३०८२ जना संक्रमणमुक्त
काठमाडौं । नेपालमा थप २०१४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २०१४ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ६१४२१६ पुगेको छ ।
त्यस्तै पछिल्लो २४ घण्टामा ३०८२ जना संक्रमणमुक्त भएका छन् । त्यस्तै पछिल्लो २४ घण्टामा थप ५२ जनाको मृत्यु भएको छ । योसँगै मृत्यु हुनेको संख्या ८५५८ पुगेको छ ।