आत्मदीपो भवः



डा. गोविन्दशरण उपाध्याय ।

आफ्नो ज्ञानको स्रोत आफैं बन, आफ्ना कर्मको दायित्व स्वीकार गर, आफूलाई चिन, आफ्नो बाटो आफै बनाऊ–उपनिषद्को यो अभिप्रेरणालाई बुद्धले “अप्पदीपो भवः“ पुनः आत्मालाई चिन्न प्रेरित गरेका थिए ।

हामी सबै स्वप्रकाश बनौं । आफ्नो स्वाभिमानको रक्षा गरौँ तर अभिमानलाई त्यागौं । आफैं स्वावलम्बी बनेपछि अरूलाई प्रेरित गर्न सजिलो हुन्छ । एउटा दीयोले लाखौंलाख दीयोहरू बाल्न मिल्छ ।

तीनवटा बाटो छन्–ज्ञान, भक्ति र कर्म । तीनै वटा मार्गहरू महत्वपूर्ण छन् । मैले अनुभव गर्छु, ज्ञानपूर्वक गरिने कर्म ज्ञानयोग हुन् । समर्पणपूर्वक गरिने कर्महरू भक्ति योग हुन् । निष्कामभावले गरिने कर्महरू शुद्ध कर्मयोग हुन् । आज विवेकयुक्त र समर्पित भावले कर्म गर्ने कर्मयोगीहरूको खाँचो छ । कर्मयोगी बनौं । कर्मयोगीहरू बनेर सबैलाई जगाऔं ।

दुःख तथा सुख जीवनका दूईवटा पाटा हुन् । सुखमा मातिनु हुँदैन । दुःखमा आत्तिनु हुँदैन । सुख र दुःख दुवैको अवसान निश्चित छ । जीवनसँग सुखदुःख स्वतः प्राप्त हुन्छन् । शारीरिक सुखका लागि मात्र कर्म गर्नु स्वार्थ हो । आफूलाई स्वास्थ्य राख्दै अरुको कल्याणका लागि कर्म गर्नु कर्मयोग हो । यो तत्थ्य बुझ्ने र मनन गर्नेहरू स्वप्रकाश हुन्छन् ।

विवेकी र दैवी व्यक्तिहरू आत्मकल्याण र अन्यको कल्याणको लागि कर्म गर्छन् । स्वार्थीहरू धर्मको आवरणमा आफ्नो अहङ्कार सिद्ध गर्छन् । आफ्नो “जयजयकार“ गर्ने झुण्डहरू खडा गर्छन् । ज्ञान, भक्ति र कर्मयोगको आवरणभित्र स्वार्थ साँध्नेहरू नर्कमा जान्छन् । तिनका अनुयायीहरू पनि नर्कमा पर्छन् । तर विचलित हुनुपर्दैन, आत्मदीपहरूको स्वप्रकाशले छलहरू चिन्छ । हामी आत्मदीप ऋषिका सन्तान हौँ । हामी निर्भय भएर सत्कर्मको पथमा अगाडी बढौं ।

अहिले हाम्रो देश, संस्कृति, धर्म, असल–संस्कारहरू सङ्कटमा छन् । सङ्कटबाट उठाउने जिम्मवारी बोध गरौँ । जातीय, वर्गीय, भौगोलिक तथा छुवाछुतजस्ता बिकृतिहरूलाई दृढताका साथ अस्वीकार गरौँ ।

“म“लाई हामीमा रुपान्तरित गरौँ । आफैं जागृत भएर अरूलाई जगाऔं । कुनै पनि परिवर्तन तुरुन्त हुँदैन, धैर्यपूर्वक कर्म गरौँ । सेवाभावले कर्म गर्नुनै निष्काम कर्मको अभ्यास हो । कर्मयोगको अभ्यास हो र कर्मयोगी बन्नेतिरको कदम हो । कर्मयोगी बनौं ।

कर्मयोगको बाटो सजिलो छैन । आफू जाग्नु सजिलो छैन । आफ्नो दीयो आफैं बन्नु सहज छैन । धेरै अवरोधहरू आउने छन् । धेरै शत्रुहरू भेटिने छन् । अनेकौं प्रलोभनहरूले बाटो रोक्ने छन् । केही योगीका रूपमा, केही भोगिका रूपमा, केही गुरूको रूपमा, केही सहयोगीका रूपमा अवरोध बन्ने छन् । तर आत्माभित्र स्वप्रकाश भएको दीयोले सबै असल–कमसल, सहयोगी–असहयोगी, स्वार्थी–निस्वार्थीको छिनोफानो गर्ने छ ।

कुनै व्यक्ति विशेषलाई खुसी पार्न कर्म नगरौं । कसैको कृपा प्राप्त गरेर लाभान्वित बन्न कर्म नगरौं । आफू र अरूलाई कष्ट, दुःख दिन कर्म नगरौं । खराव मान्छेहरूलाई सहयोग पुग्ने कर्म नगरौं । हाम्रा हरेक कर्महरू अर्काको लागि दियो बनुन् । हाम्रो हरेक कर्म सेवामा रुपान्तरित हो ।

मैले अनुभव गरेको छु, जव हामी स्वप्रकाश बन्छौं, संसारका अध्याराहरू स्वतः हटेर जान्छन् । चुम्वकले फलाम तानिएझैं असल व्यक्तिहरूको सङ्गत बढ्छ । असल मनका मान्छेहरू जोडिन्छन् । कमसल मनका मान्छेहरू अलिअलि गरेर वाहिरिन्छन् । असल र कमसलहरू आफैं छुट्टिन्छन् । अर्को कुरा, आत्मदीपको अगाडी, पछाडी, माथि–तल जता परे पनि असलहरू तुरुन्त प्रकाशित हुन्छन् ।
आज हाम्रो देश, समाज र सनातनधर्मको लागि कर्मयोगीहरूको प्रतीक्षा छ । आफूले सेवापूर्वक कर्म गरौँ । हाम्रो सुकर्म अर्काको लागि प्रेरणा बन्ने छ । कर्म प्रेरणा बनेपछि आयु, यश, विद्या र बल प्राप्ति हुनेछ । सामूहिक कल्याणको चेतनाले गरिएका हरेक कर्म अमृत हुन् । हामी अमृतका वाहक बनौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
विश्वका ५२ गन्तव्यमध्ये लुम्बिनी नवौँ स्थानमा

काठमाडौँ । विश्वसम्पदा सूचीमा सूचीकृत भगवान गौतमबुद्धको जन्मस्थल लुम्बिनीलाई न्यूयोर्क टाइम्सले सन् २०२५

दोहाबाट काठमाडौँ आउँदा मलद्वारमा सुन लुकाएर ल्याउने तीनजना विमानस्थलबाट पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले दोहाबाट मलद्वारमा सुन लुकाएर ल्याएका तीन जनालाई त्रिभुवन अन्तर्राष्ट्रिय

नेपाल र सशस्त्र प्रहरी बलसम्बन्धी विधेयक संसदमा पेश गर्न मन्त्रिपरिषदको स्वीकृति

  काठमाडौँ । नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालसम्बन्धी कानुनलाई संशोधन तथा

खोटाङको फोक्सिङटारमा अस्थायी बेलिब्रिज निर्माण

खोटाङ । सगरमाथा लोकमार्गअन्तर्गत दिक्तेल–गाईघाट सडकखण्डमा पर्ने सुनकोशी नदीस्थित फोक्सिङटारमा अस्थायी बेलिब्रिज जडान गरिएको छ