जसलाई ह्वेलले निलेर फेरि ओकलिदियो



समुन्द्रमा झिँगे माछा सङ्कलन गर्ने काम गर्दै आएका माइकल प्याकर्डले आफूलाई कसरी ह्वेलले निलेपछि फेरि बच्न सफल भए भन्ने पत्रकारहरूलाई बताएका छन् ।

संयुक्त राज्य अमेरिकाको म्यासाचुसेट्सको प्रोभिन्सटाउन शहर नजिकै समुन्द्रमा गोता लगाइरहेका बेला विशाल जीव ह्वेलको मुखभित्र करिब ३०– ४० सेकेन्ड परेको प्याकर्डले बताए । त्यसपछि ह्वेलले उनलाई थुकिदिएको बताइएको छ । प्याकर्डको घुँडामा केही चोट लागेको हुनसक्ने बाहेक अरू केही नभएको बताइएको छ ।

उनकी श्रीमतीले उनलाई अर्को जागिर खोज्न आग्रह गरिरहेकी छन् तर उनी ४० वर्षदेखिको आफ्नो करिअर छोड्ने सोचमा छैनन् । हम्पब्याक ह्वेल ५० फिटसम्म लामो हुन सक्ने र त्यसको तौल ३६ टनसम्म हुन सक्छ । विश्व वन्यजन्तु कोष डब्ल्यूडब्ल्यूएफका अनुसार संसारभर उक्त ह्वेलको सङ्ख्या ६० हजार रहेको छ ।

प्याकर्डले स्थानीय अखबार केप कड टाइम्सलाई भने अनुसार उनी र उनका सहकर्मीहरू डुङ्गामा शुक्रवार बिहान समुन्द्रतिर गएका थिए । उनका अनुसार मौसम सफा थियो र २० फिट परसम्मका दृश्य सजिलै देखिन्थो ।

समुन्द्रको पानीमुनि जान लगाइने स्कूबा लुगा लगाएर पानीमा हाम फाल्दा उनले ठूलो बस्तु आफ्ना अगाडि देखे त्यसपछि सबैकुरा कालो भयो । आफूलाई त्यो क्षेत्रमा पाइने ठूलो सेता शार्कले आक्रमण गरेको अनुमान गरे, ‘त्यसपछि मैले वरिपरि शार्कको जस्तो दाँत नभएको महसुस गरेँ।’ ‘हे भगवान् म त ह्वेलको मुखभित्र छु र उसले मलाई निल्ने कोसिस गरिरहेको छ भन्ने थाहा पाएँ। यत्ति नै भयो, म मर्ने भएँ।’ त्यसपछि आफूले आफ्नी श्रीमती र १२ र १५ वर्षका आफ्ना छोरा सम्झेको बताए । त्यसपछि अचानक उनी पानीमाथि पुगे र टाउको हल्लाउन थाले।
‘मलाई हावामा फालियो, त्यसपछि पानीमा खसेँ। म मुक्त भएको थिएँ र पानीमा तैरिरहेको थिएँ। मैले विश्वास नै गर्न सकिन’ सब कथा सुनाउन म यहाँ छु।’

उनका सहकर्मीहरू उनलाई अधैर्य भएर खोजिरहेका थिए। उनीहरूले प्याकर्डलाई देखे र डुङ्गामा ल्याए । प्रोभिन्सटाउन फायर डिपार्टमेन्टले सीबीएस न्यूज एजेन्सीलाई स्थानीय समय बिहान सवा आठ बजे झिँगे माछा समात्ने मानिसलाई सहयोग आवश्यक परेको खबर पाएको पुष्टि गरेको छ । उनी अस्पतालबाट डिस्चार्ज भएपछि पत्रकारहरूले उनको अन्तर्वार्ता लिएका थिए ।

हम्पब्याक ह्वेलले मुख बाएर जति सक्छ उति धेरै खानेकुराहरू निल्छ । वैज्ञानिकहरूले प्याकर्डलाई जे भयो त्यो एक प्रकारको दुर्घटना भएको ठान्छन् । एकजना विज्ञले केप कड टाइम्सलाई ह्वेलले मानिस निलेको अहिलेसम्म नसुनेको बताए ।
बीबीसीबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
नेपालमा विश्वमै सबैभन्दा सस्तोमा हाइड्रोजन उत्पादन गर्न सकिने

  काठमाडौँ । नेपालमा जलविद्युतसँगै हाइड्रोजन, सौर्य, वायु जस्ता वैकल्पिक ऊर्जा उत्पादनमा पनि

लाओसमा दादुरा र रुबेलाबाट बालबालिकालाई जोगाउन खोप अभियान सुरु

लाओसको स्वास्थ्य मन्त्रालयले बालबालिकाको स्वास्थ्य रक्षाका लागि राष्ट्रव्यापी दादुरा र रुबेला खोप अभियान

चीन र अमेरिका प्रतिद्वन्द्वी नभई साझेदार हुनुपर्छः राष्ट्रपति सी

  चीनका राष्ट्रपति सी जिनपिङले अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिङ्केनसँग विश्वका दुई सबैभन्दा ठूला

उपनिर्वाचनमा निर्धक्ककासाथ मतदान गर्न आयोगको अपील

काठमाडौं । उपनिर्वाचनको तयारी पूरा भएको छ । शनिबार इलाम– २ र बझाङ