अब त ‘समृद्ध नेपाल र सुखी नेपाली’भन्ने नाराको पर्दा पनि चुँडिएर झर्यो नि !



शारदाप्रसाद त्रिताल ।

सरकार, तिमी सबै किसिमका विकृतिका महानायक नै बन्यौ नि ! सरकार, तिमीले देशलाई २०५२–५६ बीचको विकृति भन्दा पनि माथि पुर्यायौ । तिम्रो नक्कली राष्ट्रवादको मुखुण्डो त उघ्रिसकेकै थियो । अव त ‘समृद्ध नेपाल र सुखी नेपाली’भन्ने नाराको पर्दा पनि चुँडिएर झर्यो नि !

अहिले आफैंले आफैंलाई काम चलाउ सरकार बनाएकै थियौ । तिमीलाई कहीं पनि बहुमत र अल्पमतको सरोकार नै थिएन ।
यदि तिमी राष्ट्र र जनताको हितमा काम गर्ने सोच भएका थियौ भने काम चलाउ सरकार सानो बनाउने थियौ ।

अहिलेको राष्ट्रिय आवश्यकता अनुसार परराष्ट्र, अर्थ र स्वास्थ्य मन्त्रीमा सम्बन्धित क्षेत्रका विज्ञलाई नियुक्त गर्न सक्थ्यौ र विद्यमान महामारीको सामना गर्नतर्फ ध्यान दिन सक्थ्यौ ।

सुरक्षाको दृष्टिले महत्वपूर्ण गृह मन्त्रालयमा एक मन्त्री नियुक्त गरी अरु सबै मन्त्रालय प्रधानमन्त्रीले हेर्ने गरी काम चलाउन सक्थ्यौ ।
आखिर यो महामारीको समयमा विकास निर्माणका काम हुन नसक्ने त विगतको डेढ वर्षको अनुभवले देखाएकै छ ।

एक पटक हिसाब गरेर हेर त ३ जना उपप्रधानमन्त्री सहितका यत्रो संख्याका मन्त्रीहरुको लागि महिनाको कानुनसम्मत खर्च नै कति हुन्छ ? त्यसमा पनि किनबेचको क्रममा अर्बौंको राष्ट्रिय सम्पत्ति खर्च भएको होला । त्यो जनताको पसिनाको कमाइबाट हुने खर्च होइन ?
तिम्रो मात्र कहाँ हो र ! प्रदेश स्तरमा पनि तिम्रो प्रभावले कति ठूलो खर्च भइरहेको होला !
जनतालाई के सम्झिएका छौ कुन्नि !

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
सरकार ढुक्क छ, सदनमा प्रस्तुत सबै अध्यादेश पास हुन्छन्ः सञ्चारमन्त्री गुरूङ

कास्की । सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरूङले सरकारले सदनमा

विदेश पलायन भइरहेको युवा जनशक्तिलाई रोक्नु पहिलो आवश्यकता होः राष्ट्रपति पौडेल

गण्डकी । राष्ट्रपति रामचन्द्र पौडेलले केही भएन भन्नेमात्र नभई धेरै भएको छ तर

चार्ल्स डार्विन र युक्रेन युद्ध

-डा. गोविन्दशरण उपाध्याय । बलिया देशले न सन्धि मान्छन् न सम्झौता नै, उनीहरू

स्वर्ग, नर्क, पाप-पुण्य हुन्छ कि हुँदैन ?

-डा. गोविन्दशरण उपाध्याय । दर्शनशास्त्रको कसौटीमा ईश्वर भेटिन्छ कि भेटिन्न, आत्मा भेटिन्छ कि