स्वर्ग जाने चिता…



डा. गोविन्दशरण उपाध्याय ।

जिन्दगी चलिनैरहेको थियो । मान्छेहरू आ–आफ्नो काममा व्यस्त थिए । त्यसैबीच केही नौला मान्छेहरू आएर भने ‘तिमी नर्कमा छौँ, हामीसंग यो ठाउँलाई स्वर्ग बनाउँने क्षमता छ ।’

त्यसपछि उनीहरूले घरघर गएर स्वर्गका सुखहरू बताउँन थाले । स्वर्गप्राप्तिका लागि एकजुट हुन आग्रह गरे ।
स्वर्गमा पाइने सुखका कथा सुनेपछि मान्छेलाई जिउँदै जान मन लाग्छ । मान्छेहरू एकत्र भए । नौला मान्छेहरूले ‘ठाउँ’ स्वर्ग बनाउदिने न भए स्वर्ग नै पठाउने ठेक्का लिए ।

‘धेरै समय वित्यो त्यो ठाउँ स्वर्ग बन्न सकेन । पुरानो व्यवस्थामा बाँच्ने कला रहेन । मान्छेहरूले भने ‘खै तपाईंहरूले ल्याउने स्वर्ग ?’
नेताहरूले भने ‘हामीलाई यहाँ स्वर्ग ल्याउँन गाह्रो भएको छ । तर तपाईंहरूलाई हामी स्वर्गको सुख भोग्न पठाउँछौँ । तपाईंहरू भोलिविहानै यहाँ आउनु हो ।’

त्यो ठाउँका सबै मान्छेहरू भोलिपल्ट आर्यघाटमा आए । सबै स्वर्गको सुख भोग्न, देख्न चाहन्थे । त्यहाँ हजारौं चिताहरू सजाइएका थिए ।
जनताले भने ‘हामीलाई स्वर्गका सुख चाहिएको हो । हामी मर्न चाहन्नौं । सुख हाम्रो लक्ष हो हामी आफ्ना सन्ततिहरूको सुख सुनिश्चित गर्न चाहन्छौं ।’

नेताहरूले भने ‘पहिले स्वर्ग गएर त्यहाँको सुख तपाईंका लागि ठीक छ कि छैन ? बहुमतले निर्णय गर्नुस् । तपाइँहरू चितामा बस्नुस् । हामी ‘शक्ति प्रयोग’ गरेर स्वर्ग पठाई दिन्छौं । स्वर्गमा गएर त्यहाँका सुखमा अल्मलिने धेरै हुन्छन् । तपाईंहरू ‘बहुमत’ फर्कनु हुन्छ भन्ने विश्वास गर्छौं ।’

सबै मान्छेहरू सुखको चाहनामा खुसीखुसी चितामा चढे । घाटमा सेनाका ब्याण्डहरू जोडजोड़ले बजिरहेका थिए । नेताहरू एकआपसमा खुसी साटासाट गर्दै थिए ।

त्यसै बखत नेपाल खाल्टोमा जर्मनीका स्वर्गीय कार्लमार्क्स, अमेरिकाका जर्ज वाशिंगटन र जन क्याल्भिन प्रकट भए, नेताहरूसँग मिसिए । अनि सबै मिलेर तरुणतपसीको यो श्लोक जोडजोडले गाउँन थाले – ‘मै खाउँ मैं लाउँ सुखसयल वा मोज म गरूँ, मैं बाँचु मैं नाचूँ अरू सब मरूँन् दुर्वलहरू ।’

यसरी त्यो देश नेताहरूका लागि स्वर्ग र जनताहरूका लागि स्वर्ग जाने चिताका रूपमा चलिनै रहेको छ । न नेताले स्वर्ग ल्याउने बाचा छोडेका छन्, न जनताले चितामा बसेर स्वर्गमा पुगिने विश्वास नै मारेका छन् ।
कोरोनाका चिताहरू आर्यघाटमा जलिरहँदा लोकतान्त्रिक गणतन्त्रका लेखकहरू हाँस्दै रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
सरकार ढुक्क छ, सदनमा प्रस्तुत सबै अध्यादेश पास हुन्छन्ः सञ्चारमन्त्री गुरूङ

कास्की । सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरूङले सरकारले सदनमा

विदेश पलायन भइरहेको युवा जनशक्तिलाई रोक्नु पहिलो आवश्यकता होः राष्ट्रपति पौडेल

गण्डकी । राष्ट्रपति रामचन्द्र पौडेलले केही भएन भन्नेमात्र नभई धेरै भएको छ तर

चार्ल्स डार्विन र युक्रेन युद्ध

-डा. गोविन्दशरण उपाध्याय । बलिया देशले न सन्धि मान्छन् न सम्झौता नै, उनीहरू

स्वर्ग, नर्क, पाप-पुण्य हुन्छ कि हुँदैन ?

-डा. गोविन्दशरण उपाध्याय । दर्शनशास्त्रको कसौटीमा ईश्वर भेटिन्छ कि भेटिन्न, आत्मा भेटिन्छ कि