सभामुखले बोलाए प्रधानमन्त्रीसहित शीर्ष नेताहरुको सर्वदलीय बैठक


काठमाडौं । सभामुख अग्नि सापकोटाले पछिल्लो राजनीतिक घटनाक्रमका सम्बन्धमा प्रधानमन्त्री केपी शर्मा ओलीसहित शीर्ष नेताहरुसँग छलफल गर्ने भएका छन् ।

सभामुख सापकोटाले राजनीतिक दलका प्रमुखहरु, पूर्वप्रधानमन्त्रीहरुलगायतसँग छलफल गर्न लाग्नु भएको संसद् सचिवालयले जानकारी दिएको छ । त्यसका लागि सभामुखले सबैलाई बुधबार पत्र पठाएका छन् ।

उनले शुक्रबार दिउँसो २ बजे छलफलका लागि संसद् भवन नयाँ बानेश्वरमा बोलाएका छन् । यसअघि सभामुखले संसद विघटनपछिको परिस्थितिका बारेमा कानुन व्यवसायीहरुसँग छलफल गरेका थिए । छलफलपछि सभामुखले संविधानको रक्षाका लागि जुनसुकै निर्णय लिने बताएका थिए ।