काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले राजनीतिक निकासका लागि सबै राजनीतिक दलले नयाँ ढंगले सोच्नुपर्ने बेला आएको बताएका छन् ।
बुधबार सामाजिक संजालमार्फत भट्टराईले ओलीले ‘कम्युनिष्ट’ पदावलीलाई नै बदनाम गराइसकेको अवस्थामा फेरि अर्को ‘असली कम्युनिष्ट’को कुरा गर्नु ‘बरमझियाको असली बाजेको पेडा’ हुनसक्ने बताएका हुन् ।
उनले भनेका छन्, ‘भनिन्छ कुनै पनि संकट नयाँ सम्भावना लिएर आउँछ । ओली प्रतिगमनविरोधी संयुक्त संघर्षले नयाँ राजनीतिक ध्रुवीकरण पनि गराउन सक्छ । ओलीले ‘कम्युनिष्ट’ पदावलीलाई नै बदनाम गराइसकेको अवस्थामा फेरि अर्को ‘असली कम्युनिष्ट’को कुरा गर्नु ‘बरमझियाको असली बाजेको पेडा’ हुनसक्छ । सबैले नयाँ ढंगले सोचौं!’
भनिन्छ कुनै पनि संकट नयाॅ सम्भावना लिएर आउॅछ।ओली प्रतिगमनविरोधी संयुक्त संघर्षले नयाॅ राजनीतिक ध्रुवीकरण पनि गराउन सक्छ।ओलीले ‘कम्युनिष्ट’ पदावलीलाई नै बदनाम गराइसकेको अवस्थामा फेरि अर्को ‘असली कम्युनिष्ट’को कुरा गर्नु ‘बरमझियाको असली बाजेको पेडा’ हुनसक्छ। सबैले नयाॅ ढंगले सोचौं!
— Baburam Bhattarai (@brb1954) June 9, 2021

प्रतिक्रिया