डेनमार्कले नेपाललाई १४ लाख डोज खोप अनुदानमा दिने
काठमाडौं । डेनमार्कले नेपाललाई १४ लाख डोज कोरोनाविरुद्धको खोप अनुदानमा दिने भएको छ । डेनिस सरकारले युनिसेफमार्फत एस्ट्राजेनिकाको १४ लाख डोज खोप दिने पत्र पठाएको स्वास्थ्य सेवा विभागको आपूर्ति व्यवस्थापन महाशाखाका निर्देशक डा. भीमसिंह तिंकरीले जानकारी दिएका छन् ।
खोप कहिले पठाउने भन्ने यकिन नभएको तिंकरीको भनाइ छ । एस्ट्राजेनिका खोप कोभिशिल्ड लगाएकाहरुलाई पनि लगाउन मिल्ने बताइएको छ ।